टोखाको तिलिंगाटार मावीमा २५ बेड क्षेमताको क्वारेन्टाइन स्थल तयार

टोखाको तिलिंगाटार मावीमा २५ बेड क्षेमताको क्वारेन्टाइन स्थल तयार

कपन अनलाइन

काठमाडौं ,चैत १३।

कोरोना भाइरस (कोभिड–१९) को उच्च सतर्कता अपनाउँदै टोखा नगरपालिकाले क्वारेन्टाइन  स्थल स्थापना गरेको छ । टोखा नगरपालिकाको तिलिंगाटार मावीमा २५ बेड क्षेमताको क्वारेन्टाइन स्थल निर्माण गरिएको हो  ।

टोखा नगरपालिका स्वास्थ्य शाखा र डाक्टरहरुसँगको छलफलबाट चण्डेश्वरी स्वास्थ्य केन्द्रमा ५ वेडको आइसोलेसन स्थल  सञ्चालन गर्ने र पछि आवस्था हेरी वेड संख्या बढाउने तयारी गरेको टोखा नगरपालिकाले थप स्थल आवस्यक परेमा नगरपालिकाका अन्य  बिद्यालयहरुलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ।

नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखि आगामी दिनहरुमा प्राथमिकताका आधारमा विशेष कार्यक्रम तथा व्यवस्थापनका कार्यहरु अगाडी बढाएको बताउदै नगर प्रमुख प्रकास  अधिकारीले यो महामारी बाट बच्नका लागि अन्य सम्पूर्ण तयारी गरेको  जानकारी दिएका छन।

त्यस्तै नगरपालिकामा कालोबजरी र अन्य कुनै पनि सामानको अभाव हुन् नदिन अनुगमनलाई तीव्र बनाएको उप प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन ।

डंगोलले नगरवासीलाई कुनै आपतकालीन अवस्थाको सामना गर्नु परेमा आफ्नो वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्नका लागि अनुरोध गर्दै संयमित र सचेत रहन आग्रह गरेकी छन ।

तपाइँको प्रतिक्रिया ।