गोकर्णेश्वर ९ स्थित शंखडोल डोजो कराते हल क्वारेन्टाइनको लागि उपलब्ध गराउन तयार छौ :शिवराम कारंजित

गोकर्णेश्वर ९ स्थित शंखडोल डोजो कराते हल  क्वारेन्टाइनको लागि उपलब्ध गराउन तयार छौ :शिवराम कारंजित

कपन अनलाइन

काठमाडौं, चैत्र १३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको शंखडोल डोजो कराते हल  कोभिड १९ कोरोनाको जोखिम बाट बच्नका लागि आफ्नो क्याम्पसलाई क्वारेन्टाइन स्थलको रुपमा गोकर्णेश्वर नगरपालिकाले  उपयोग गर्नसक्ने घोषणा गरेको छ ।

बागमती प्रदेश सरकार  र गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा बनेको सो  कराते हल विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणको लागि सराकारले गरेको अनुरोध साथै आफ्नो सस्थाको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै आफूहरुले पनि महामारी नियन्त्रण अभियानमा सहयोगको लागि  गोकर्णेश्वर नगरपालिकाले  उक्त स्थान प्रयोग गर्न सक्ने शंखडोल डोजो कराते एबम भगवती युवा क्लबका शिव राम कारंजितले  जानकारी दिए।  साथै सो कार्यमा  भगवती युवा क्लबका अध्यक्ष संजय बिक सहित कार्यसमितिका पदाधिकारीहरुको पनि साथ रहने  भगवती युवा क्लब का अध्यक्ष संजय  विक ले कपन अनलाइन लाइ बताए ।

 सस्थाको सामाजिक उत्तरदायित्वलाई मनन गर्दै आफूहरुले पनि महामारी नियन्त्रण अभियानमा सहयोगको लागि गोकर्णेश्वर नगरपालिकाका सम्पूर्ण जनसमुदायका लागि वडा नम्बर ९ मा अबस्थित शंखडोल डोजो कराते हाल आवश्यक परेको खण्डमा आफ्नो सो हलको खुला स्थान साथै पुरै भवन एकान्त बास (कोरेन्टाइन)को लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

 उक्त कुराको शिव कारंजितले  गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाइ जानकारी गराएको र नगरप्रमुख सन्तोष चालिसेले सो कदमको स्वागत गर्दै आवश्यक परेको खण्डमा सो डोजो हललाइ क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने पनि जानकारी गराएका थिए ।नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने र सचेतना अपनाउनुपर्ने  बताउदै  कोरोनाको पोजिटिभ केश देखिईसकेको र नेपालमा यसको महामारी रोक्नका लागि सरकार एबम गोकर्णेश्वर नगरपालिकाले  चालेको कदमको  शंखडोल डोजो हल एबम भगवती युवा क्लबले स्वागत गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।