गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको सम्पूर्ण वडाबासीलाइ अपिल
कपन अनलाइन
काठमाडौँ, चैत्र १२। चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा पनि त्यसको संन्त्रास बढेको छ। त्यसैलाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले कोरोना संक्रमणको जोखिम न्यूनीकरणको लागि आम वडा बासीलाई अपिल गरेको छ ।
वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले सम्पूर्ण वडाबासी हरुलाई त्रसित नभईकन आफै सतर्क र सुरक्षित भई सरसफाईमा ध्यान दिइ आफ्नै निवासमा सेल्फ क्वारेन्टाइन (आफ्नै घरमा) बस्न अपिल गरेको छ। साथै कुनै पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किदिन र जथाभाबी भिड भाड नगरिदिन पनि अनुरोध गरेका छन । उनले कपन अनलाइन मार्फत सम्पूर्ण वडा बासीलाई यो दुखद घडीमा सबै एक जुट हुन को लागि अनुरोध गरेका छन
उनले बिपत को घडीमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले चैत्र १२ गते गोकर्णेश्वर नगरपालिका वडा नं ३ को कार्यालय प्रांगणमा बिहान ११ बजे विपद व्यवस्थापन समिति गठन गरि भोलि आइपर्ने सम्पूर्ण खालका विपदको सकेसम्म जोखिम न्यूनीकरण गर्ने भएको ले विपद व्यवस्थापन समिति गठन गर्न लागिएको जानकारी गराए । उनले सो समिति गठन गर्दा धेरै भिड भाड नहुने गरि वडा भित्र रहेका इच्छुक संघ सस्था समूह बाट एक एक जना प्रतिनिधित्व हुने गरि पठाई विपद व्यवस्थापन समिति गठन प्रक्रियामा सहयोग गर्न पनि अपिले गरेका छन्।