लकडाउन पूर्ण रुपमा पालना गर्न बागमती प्रदेस सभा सदस्य दिपक निरौलाको अनुरोध
कपन अनलाइन
काठमाडौं ,चैत १२।
नेपाल सरकारले लागू गरेको लकडाउनको दोस्रो दिन बागमती प्रेदेशका प्रदेशसभा सदस्य दीपक निरौलाले आम जनता समक्ष अपिल गरेका अपील सार्वजनिकगरेका छन ।
उक्त अपीलको पुर्णपाठ यसप्रकार छ :
आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरु,
सम्पुर्ण विश्वजगतलाई त्राहीत्राही बनाएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि एक युवतीलाइ पुष्टि भए पश्चात माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले नेपाल भित्र थप कोरोना नफैलिओस र संक्रमणलाई नियन्त्रण भित्र राख्न सकियोस भन्ने हेतुले केही समयको लागि मिति २०७६/१२/११ देखि देशभरी नै लकडाउन गरिएको कुरा हजुरहरु सबैलाइ जानकारी भैसकेको छ ।
काठमाडौ जिल्ला निर्वाचन क्षेत्र न.५(२) को जनप्रतिनिधि हुनुको हैसियतले यस क्षेत्र भित्रका सम्पुर्ण जनसमुदायको स्वास्थ्यस्थिति वर्तमान अवस्थाको जानकारी राख्नु र सचेत गराउनु मेरो दायित्व भएको छ ।
हामी आ-आफ्नो घर भित्रनै सुरक्षित तरिकाले बस्ने,स्वस्थ्यकर खाना खाने,सामान्य व्यायाम गर्ने,तातो पानी पिउने,पट्क-पट्क साबुन पानीले हात धुने र उच्च मनोबल बढाउने काममा ध्यान दिनुहुन म सबैमा आग्रह गर्न चाहन्छु ।
यसै क्षेत्रको स्थानीय जात्रा एवम पर्वहरु यसपालि क्षमा पुजा गरेर मनाउनु हुन आग्रह गर्दछु र भीड्भाडबाट हुने सम्भावित संक्रमणबाट बच्न सबै स्थानीयलाई अनुरोध समेत गर्न चाहन्छु ।
साथै म सम्पुर्ण आमाबुबा ,दाजुभाइ ,दिदिबहिनीहरुलाइ घर भित्र बसेर आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध गर्दै अनावश्यक बाहिर ननिस्किनुहुन अपील गर्दछु । लकडावनको अबज्ञा गर्ने केही ब्यक्तिहरुलाइ आज प्रहरी प्रशासनले पक्राउ समेत गरिसकेको र कम्तीमा १ महिनासम्म कैद सजाय हुनसक्ने कुराको समेत जानकारी गराउदछु ।
यस कठीन परिस्थितिमा देशबासीकोलागि अहोरात्र काम गरिरहनुभएको नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरीबल ,विभिन्न स्वास्थ्यकर्मी एवम आम संचारकर्मीहरुलाइ धन्यवाद व्यक्त गर्दै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहुन अनुरोध गर्दछु ।
विशेषत १० देखि १५ दिन भित्र विदेशबाट नेपाल भित्रनु भएको जो-कोहि ब्यक्तिले आफ्नो अनिवार्य स्वास्थ्य परिक्षण गराउनु हुन अनुरोध गर्दछु ।
तपाईलाई यो संक्रमण सम्बन्धित कुनै लक्षण देखिएमा हट्लाइन सेवा १११५ मा फोन गरि प्राप्त निर्देशनलाई पालना गर्नु हुन समेत अपील गर्दछु ।
यस अवधिमा यस क्षेत्र भित्र कुनै समस्या वा जानकारी प्राप्त भएमा सम्बन्धित वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी ,प्रहरी प्रशासन वा सिधै मेरो फोन न.९८५११४०१२३ मा सम्पर्क गर्नुहुन समेत सादर अनुरोध गर्दछु । हामी सबै मिली यस गम्भीर परिस्थितिको सामना गरौं ।