जनप्रतिनिधिलाई सहयोगका लागि तयारी अवस्थामा रहन बुढानिलकण्ठ नगरपालिकाको निर्देशन
कपन अनलाइन
काठमाडौं ,चैत ११।
बुढानिलकण्ठ नगरपालिकाले सबै जनप्रतिनिधिलाई आफ्नो क्षेत्रका जनता संग सम्पर्कमा बस्न र त्यहा भएका गतिविधिको निगरानी गर्नका लागि निर्देशन दिएको छ। यस्तो विपदको समयमा जनताले सबै किसिमका सेवाहरु सहज रुपमा प्राप्त गर्नुपर्ने भएकोले जनप्रतिनिधिहरुले त्यस तर्फ ध्यान दिएर आफ्नो क्षेत्रको अवस्थाको वारेमा जानकारी लिनका लागि नगरपालिकाले अनुरोध गरेको हो ।
त्यस्तै कुनै पनि अति जरुरि काम बाहेक घर बाहिर ननिस्किन नगरपालिकाले नगरवासीमा अनुरोध गर्दै कुनै पनि किसिमका अफ्ट्यारो वा आपत परेको खण्डमा आफ्नो वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्नका लागि पनि अनुरोध गरेको छ ।
आफ्नो नगरपालिकाम वसोवास गर्दै आएका नगरवासीले यस्तो समयमा कुनै पनि किसिमको समस्या भोग्न नपरोस भनेर सबै किसमका संयन्त्र परिचालन गर्ने योजना बनाएको र त्यसको लागि काम समेत थालनी गरेको जानकारी दिदै नगर प्रमुख खरेलले यसलाई मध्य नजर गरेर कार्यपालिका र सर्वदलीय बैठक समेत आयोजना गरेर योजना कार्यन्वयनमा लगेको बताएका छन ।
यसैको तयारीका लागि र आम जनतामा यस भाइरसका वारेमा आवस्यक सचेतना अपनाउन पर्चा वितरणको काम गरिसकेको जानकारी दिदै प्रमुख खरेलले यस विचमा नगरपालिकामा संचालनमा रहेका अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थाको भेला सम्पन्न गरेर परेको समयमा परिचालन गर्नेगरी तयारी अवस्थामा राखेको बताएका छन ।