नगरवासीलाई सुरक्षित रहन तारकेश्वर नगरपालिकाको अनुरोध

नगरवासीलाई सुरक्षित रहन तारकेश्वर नगरपालिकाको अनुरोध

कपन अनलाइन

काठमाडौं ,चैत ११।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नगरवासीलाई सुरक्षित राख्नका लागि तारकेश्वर  नगरपालिकाले तयारी तीव्र पारेको छ।

यस महामारी बाट नगरवासीलाई सुरक्षित राख्नका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउदै नगरपालिकाले यस महामारीका समयमा आवस्यक सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउन नगरवासीलाई अनुरोध गरेको छ।

यस महामारी बाट बच्नका लागि तारकेश्वर नगरपालिकाले सबै वडा कार्यालय अगाडी हातधुनका लागि ट्यांकी र साबुनको व्यवस्था गरिएको जानकारी दिदै नगरपालिकाको हरेक घरमा सचेतनाका लागि प्रचार सामाग्री पुर्याएको नगरपालिकाले जानकारी दिएको छ ।

त्यस्तै यस्तो विपदको समयमा कुनै पनि कालाबजारी नहोस भनेर अनुगमन तीव्र बनाएको र त्यसको कुनै पनि किसिमको घटना भेटिएमा शख्त कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्वास्थ्य शाखा र अन्य स्वास्थ्य सम्बद्ध कर्मचारीलाई तयारी अवस्थामा राखेको जानकारी दिदै नगरपालिकाले कुनै शकास्पद घटना देखिए त्यसको व्यवस्थापनका लागि पनि तयारी गरिएको जानकारी तारकेश्वर नगरपालिकाले दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।