बुढानिलकण्ठका मनकारी इन्जिनियर जसले आफ्नो घर क्वारेन्टाइनलाई दिए

बुढानिलकण्ठका मनकारी इन्जिनियर जसले आफ्नो घर क्वारेन्टाइनलाई दिए

कपन अनलाइन

काठमाडौं ,चैत १० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ निवासी धर्मराज पोखरेलले कोभिड १९ कोरोनाको महामारी संग जुध्नका लागि आफ्नो घरलाई क्वारेन्टाइन स्थल बनाउन भन्दै बुढानिलकण्ठ नगरपालिकालाई चावी हस्तान्तरण गरेका छन।

पोखरेलले आज आफ्नो घर उद्दार र व्यवस्थापन कार्यका लागि उपयोग होस्  भन्दै   नगरपालिकाका प्रमुख उद्दव खरेललाई चावी हस्तान्तरण गरेका थिए ।

पोखरेलको १२ कोठाको घरलाई नगरपालिकाले आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने भन्दै आफ्नो दायित्व पुरा गर्न दिएको प्रतिक्रिया दिएका छन । त्यस्तै चावी बुझ्दै नगरपालिका प्रमुख खरेलले यस्ता मनकारी नगरवासी हुदा महामारी संग जुध्न निकै सहयोग पुग्ने धारणा राखेका थिए ।

सो अवसरमा नगरपालिकाका जन सम्पर्क सल्लहाकार सुन्दर पुर्कुटी ,वडा -२ का सदस्य राजेन्द्र श्रेष्ठ लगायत उपस्थित रहेका थिए ।पोखरेल पेशाले इन्जिनियर हुन् ।

तपाइँको प्रतिक्रिया ।