सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने
कपन अनलाइन
काठमाडौं, चैत १० । सरकारले गरेको निर्णय बमोजिम चैत १० गते सोमबार देखि नेपालको चीन र भारत सीमा बन्द भएपनि पेट्रोलिय ढुवानी सेवा भने सञ्चालन हुने भएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको ढुवानीमा कुनै रोक नलगाइने जनाएका छन् । पेट्रोलियम पदार्थ सहज आपूर्ति सम्वन्धमा शीर्षकमा पौडेलले जारी गरेको सूचनामा लेखेका छन्, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ चैत्र १० देखि सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सीमाहरु तत्काल वन्द गरिने निर्णयमा मानिसहरुको आवागमनमा रोक लगाईको तर अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी सम्पू्र्ण सवैलाई सूचित गरिन्छ। साथै निगमका आ-आफ्ना क्षेत्रका प्रमुख तथा ढुवानी व्यावसायीहरुले स्थानिय प्रशासन तथा भंसारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारुराख्न हुन समेत जानकारी गराईन्छ।’