चम्पादेवि गाउँपालिकाका तिन स्थानमा स्वास्थ्य परामर्श केन्द्र स्थापना
कपन अनलाइन
काठमाडौं ,चैत ९ ।
चम्पादेवि गाउँपालिकाले गाउँपालिकाका तिन स्थानमा स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेको छ ।
कोरोना भाइरसले विश्वलाई आतंकित बनाइरहेको समयमा गाउँपालिकाको २०७६ चैत ८ गते बसेको कार्यपालिकाको आकस्मिक बैठकले गाउँपालिका भित्रका विशेष नाकाहरु पलापुको नवलपुर रानिवन र फलाटेभञ्ज्याङ्ग गरि मुख्य तीन नाकामा स्वास्थ्य परामर्श केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष नबराज केसीले जानकारी दिएका छन।
काठमाडौ लगाएतका बाहिरि क्षेत्र बाट गाउँ भित्रने मान्छेको सङ्ख्या बढेपछि स्वास्थ्य परामर्श केन्द्र स्थापना गरिएको बताउदै अध्यक्ष केसिले जनताको स्वास्थ्यलाई ध्यानमा राखी यो व्यवस्था गरेको बताएका छन।
तपाइँको प्रतिक्रिया ।