कोरोना भाइरस बाट सतर्कता अपनाउन बुढानिलकण्ठ नगर प्रमुख उद्दब खरेलको अपिल

कोरोना भाइरस बाट सतर्कता अपनाउन बुढानिलकण्ठ नगर प्रमुख उद्दब खरेलको अपिल

कपन अनलाइन

काठमाडौँ, चैत्र ९। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड¬–१९) नेपालमा आउनसक्ने उच्च जोखिम रहेको तर्फ सचेत गराउँदै बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले आम नगर बासीलाई सतर्कता अपनाउन  अपिल  गरेका छन्। उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा आतंकित नभई सतर्कता अपनाउन नगर बासिलाइ अनुरोध गर्दै कोरोनाको बारेमा  नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वका  साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न सबै राजनीतिक दल, संघ संस्था र सबै सञ्चार माध्यमलाई विशेष आग्रह  समेत गरेका छन  ।

 उनले कोरोना संक्रमण हुन नदिन  आवश्यक सावधानी अपनाए रोगबाट बच्न सकिने  र  सरकारले समेत  कोरोना भाइरस संक्रमण हुन नदिन उच्च सतर्कता देखाएको हुँदा अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउदै  ‘तर, केही छैन भनेर ढुक्क बस्ने होइन, सकेसम्म त्यो महामारीलाई आउनै नदिने गरी आम नागरिकले सतर्कता अपनाउन आवश्यक  रहेको बताए।उनले बुढानिलकण्ठ नगरपालिकाले पनि बिभिन्न तयारी गरेको जानकारी गराए।

 उनले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गर्दै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वास सम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि अनुरोध गरेका हुन।  उनले नगरपालिकाले कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रमका साथै आवश्यक पूर्वतयारी गरिरहेको जानकारी गराए। उनले चाडै नै नगरबासीलाई माक्स स्यानीटाइजर उपलब्ध गराउन लागेको जानकारी गराए। संक्रमणबाट पूर्वसतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको र अनावश्यक भिड भाड नगर्नको लागि अनुरोध  गरेका छन् ।

 उनले सरकारले दिएको  निर्देशनलाइ अक्षरस पालना गर्दै आफु पनि बाँचौ र अरूलाइ पनि बचाउ भन्ने भावनाका साथ जनता आफै जागरूक हुन अपिल गर्दै उक्त भाइरस बारे जनचेतना जगाउन प्रचार प्रसारमा नगरपालिकाका सम्पुर्ण संयन्त्र लगाउने जानकारी गराए।उनले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न नगरबासीलाइ आग्रह गरेका छन् । उनले नगरपालिकाले विपद व्यवस्थापनको लागि रयापिड रेस्पोन्स टिम तयार गरिएको  जानकारी गराए । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए  प्रहरी तथा नगरपालिकामा खबर गर्न अनुरोध गर्दै आफ्नो व्यक्तिगत सम्पर्क नम्बर ९८५१०९८७३०मा खबर गर्न अनुरोध गरेका छन्  ।

त्यसै गरि नगरपालिकामा एम्बुलेन्स  तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने , आवश्यक परे नगर भित्रका केहि सामुदायिक भवनहरूमा क्वारेन्ट टाइन स्थलको  रूपमा ब्यवस्थापन गरिने र नगरपालिका भित्रका अस्पतालहरुलाई आइसोलेसनको रुपमा तयारी गर्न लागिएको जानकारी गराउदै नेपाली सेना र नेपाल प्रहरी सहित स्वास्थ्यकर्मीहरु संग नियमित छलफल गर्दै सम्पर्कमा रहेको जानकारी गराए। उनले  स्वास्थ्य कर्मीहरुलाई बिदामा नबसी तयारी अवस्थामा राखिने पनि  जानकारी गराउदै नगर अन्तर्गतका वडा कार्यलयहरु संचालनमा रहने जानकारी गराए  । उनले कोरोना भाइरसबाट बच्न जनता आफै अनुशासित हुनु पर्ने र अनाआवश्यक भिडभाड नगर्न  अनुरोध समेत गरेका थिए।

 उनले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य समानको  कृतिम अभाब सिर्जना नहोस  तथा कालोबजारी नहोस भनेर नगरपालिकाले अनुगमन गरिरहेको जानकारी गराएका थिए। उनले थप्दै बहने कुनै पनि ठाउमा कोरोनाको त्रास देखाएर कालो बजारी वा कृत्रिम अभाब गराएको जानकारी भएमा नगरपालिका अथवा स्थानीय  संचारमाध्यमका प्रतिनिधिलाइ सम्पर्क गर्न अनुरोध गरेका छन ।उनले तत्काल त्यस्तालाई कडा कारबाही गराउने जानकारी दिए।

तपाइँको प्रतिक्रिया ।