सुगम वेलफेयर सोसाइटी बुढानिलकण्ठ ११ द्वारा जगडोलमा कोरोना भाइरस सम्बन्धी जनचेतना को साथै नि:शुल्क माक्स वितरण
कपन अनलाइन
काठमाडौं चैत्र ९ ।चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा पनि त्यसको संन्त्रास बढेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको सुगम वेल फेयर सोसाइटीले कोरोना भाइरस जनचेतना जगाउदै सर्वसाधारण स्थानीयलाइ नि:शुल्क माक्स वितरण गरेको छ ।
कोरोना भाइरसको त्रसका कारण बजारमा माक्सको अभाव भएपछि सुगम वेल फेयर सोसाइटीको सक्रियतामा शनिबार माक्स वितरण गर्नुको साथै कोरोना भाइरस सम्बन्धी जनचेतना जगाएको हो। उक्त माक्स वितरण कार्यक्रममा कपन अनलाइन संग संक्षिप्त कुराकानी गर्दै सुगम वेलफेयर सोसाइटीका श्यामराजा गौतमले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त माक्स वितरण गरिएको बताए ।
उनले कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले उच्च सतर्कता देखाएको भन्दै अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउदै ‘तर, केही छैन भनेर ढुक्क बस्ने होइन, सकेसम्म त्यो महामारीलाई आउनै नदिने गरी आम नागरिकले सतर्कता अपनाउन आवश्यक रहेको बताए।