कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा सतर्कता अपनाउन शंखरापुर नगरपालिकाको आवश्यक तयारी शुरु
कपन अनलाइन
काठमाडौं चैत्र ८ कोरोना भाइरसको जोखिम न्यूनीकरणका तथा सतर्कता अपनाउन शंखरापुर नगपालिकाले आवश्यक तयारी थालेको छ ।शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा बिपद ब्यवस्थापन समितिको बैठक बसी नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा क्विक रेस्पोन्स टिम समेत गठन गरिएको छ ।उक्त टिममा ९ वटै वडाका वडा अध्यक्षहरू, महिला बिकास शाखाका प्रमुख शिक्षा शाखाका प्रमुख प्रहरीका प्रतिनिधि र संघ सस्था मध्यबाट नेपाल स्काउटका प्रतिनिधि सदस्य रहेका छन ।
उक्त बैठकमा नगर प्रुमुख सुवर्ण श्रेष्ठ उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, र्इलाका प्रशासन कार्यलय साँखुका प्रमुख खुमकान्त आर्चाय, महानगरिय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गोबिन्द पन्थी, वडा अध्यक्षहरू हितमान तामाङ, राधा कृष्ण श्रेष्ठ, जिबन लामा र बुद्वि बहादुर तामाङ्ग, रा.प्र.पा. का रमेश नापित, नेपाली कांग्रेसका जिबन श्रेष्ठ, सुषमा काेइराला अस्पताल साँखुका बरिष्ठ प्रशासक हेम बिडारी, शंखरापुर स्वास्थ्य शाखाका प्रमुख बिष्णु चापागार्इ, साँखु जेसिजका अध्यक्ष सरोज कुइकेल, लायन्स क्लब साँखुका अध्यक्ष भिन्तुना श्रेष्ठ, नेपाल स्काउटका धर्म भक्त मल्ल, रेडक्रस शंखरापुरका सभापति जगदिस श्रेष्ठ, सहकारी प्रतिनिधि राज्य लक्ष्मी लगायतको उपस्थिती रहेकेा थियो ।
त्यसै गरि उक्त बैठकले उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठको अध्यक्षतामा बजार अनुगमन समिति समेत गठन गरेको छ । उक्तअनुगमन समितिको सदस्यआ ६ नं. वडा का वडा अध्यक्ष राधा कृष्ण श्रेष्ठ, वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र प्रहरीका प्रतिनिधिहरु रहेका छन ।सोहि बैठकमा नगर प्रमुख श्रेष्ठले १० हजार थान माक्स नगर बासीहरूलाइ बितरण गरिने जानकारी दिदै सेनिटाइजर र ज्वोरो नाप्ने थर्मोमिटर समेत संघिय सरकार सँग माग गर्ने बताए । त्यसै गरि नगरपालिकामा हेल्पडेक्स स्थापना गर्नुका साथै प्रत्येक वडाहरूमा हेल्पडेक्स स्थापना गर्ने र पिपुल्स लाइफ कियर अस्पाल र सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा आइसुलेसन वार्डको ब्यवस्था गर्ने जानकारी दिए ।
त्यसै गरि नगरपालिकामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने र आवश्यक परे नगर भित्रका केहि सामुदायिक भवनहरूमा क्वारेन्ट टाइम स्थलको रूपमा ब्यवस्थापन गरिने र नगरपालिकाका स्वास्थ्य कर्मीहरुलाई बिदामा नबसी तयारी अवस्थामा राखिने जानकारी गराए ।
सरकारले दिएको निर्देशनलाइ अक्षरस पालना गर्दै आफु पनि बाँचौ र अरूलाइ पनि बचाउ भन्ने भावनाका साथ जनता आफै जागरूक हुन अपिल गर्दै उक्त भाइरस बारे जनचेतना जगाउन प्रचार प्रसारमा नगरपालिकाका सम्पुर्ण संयन्त्र लगाउने जानकारी गराए । उक्त बैठकमा बोल्दै महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गोबिन्द पन्थीले उक्त भाइरसबाट बच्न जनता आफै अनुशासित हुनु पर्ने र अनाआवश्यक भिडभाड नगर्न सुझाब दिदै यसबारे घर घरमा पुगि जानकारी दिनु पर्ने बिचार ब्यक्त गरेका थिए ।
६ नं. का वडा अध्यक्ष राधा कृष्ण श्रेष्ठले वडा स्तरमा पनि बिभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिदै सतर्कता अपनाउन अनुरोध गरेका थिए ।त्यसै गरि नेपाली कांग्रेसका जिबन श्रेष्ठले नगरपालिकाको सिमा नाका नाकामा हेल्पडेक्सको ब्यवस्था गर्न र बाहिर बाट कामको खोजीमा आउने हरुलाई बिषेश निगरानी गर्न आग्रह गरेका थिए भने रा.प्र.पा. का रमेश नापितले सार्वजनिक यातायातका साधन मार्फत आउने यात्रुहरूलाइ समेत चेक जाँच गरि सावधानी अपनाउनु पर्ने सुझाब दिएका थिए ।
फोटो :शंखरापुर निउज