गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नसर्ने रोग व्यवस्थापन अन्तर्गत शहरी क्लिनिक कार्यक्रम शुभारम्भ

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा  नसर्ने रोग व्यवस्थापन अन्तर्गत शहरी क्लिनिक कार्यक्रम शुभारम्भ

कपन अनलाइन

काठमाडौँ, चैत्र ८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नसर्ने रोग व्यवस्थापन कार्यक्रम अन्तर्गत  शहरी क्लिनिक  शुभारम्भ भएको छ।  प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको बागमती अन्चल आयुर्बेद औषधालयको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को संयोजकत्वमा उक्त कार्यक्रम संचालन भएको हो। शुक्रबार बिहान एक कार्यक्रमका बीच उक्त  नसर्ने रोग व्यवस्थापनअन्तर्गत  शहरी क्लिनिक  कार्यक्रमको शुभारम्भ भएको हो। “स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोगी व्यक्तिको रोगको उपचार” भन्ने आयुर्वेदको मूल उदेश्यका साथ् उक्त कार्यक्रम संचालनमा ल्याएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा बागमती अंचल आयुर्वेद औषधालयकि कार्यलय  प्रमुख डा.अन्जु कार्की रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, वडा सदस्य डम्बर श्रेष्ठ,दलित महिला सदस्य सोबिता मिजार ,अत्तरखेल महिला समाजकी सुष्मा चेम्जोङ लगायत स्थानीयबासी को उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता मनोजकुमार ढुंगानाले गरेका थिए भने  कार्यक्रम संचालन  रबिन्द्र प्रसाद  भट्टराईले गरेका थिए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुक्ख हरि प्रसाद उपाध्यायले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती अंचल आयुर्वेद औषधालयकि कार्यलय  प्रमुख डा.अन्जु कार्कीले उपस्थित सबैलाई धन्यबाद दिदै बागमती अंचल आयुर्वेद औषधालयले प्रदान गर्दै आएको नियमित नि :शुल्क स्वास्थ्य परीक्षण, नेपाल सरकार  चिकित्सा विभागबाट निर्धिष्ट अत्यावश्यक  आयुर्वेद औषधिहरु नि :शुल्क वितरण, नसर्ने रोग व्यवस्थापनको लागी सहरी किल्निक,जेष्ठ नागरिकका लागी स्वास्थ्य सेवा प्रवर्द्धन, ६ महिना सम्मको सुत्केरी आमालाई मातृशिशु सुरक्षार्थ दुधवर्धक आयुर्वेद औषधी वितरण अभ्यंग, स्वेदन, शिरोधरा,योग शिक्षा  आदि  स्वास्थ्य सेवा सम्वन्धि कार्यक्रमका बारेमा  जानकारी गराउदै आयुर्वेद चिकित्सालाई वैकल्पिक रुपमा मात्र नहेरी रोग लाग्नु अघि  नै स्वास्थ्य परीक्षण गर्न आग्रह गरेकी थिइन्।

२००८ सालमा  काठमाडौंको फर्पिङमा स्थापना भएको आयुर्वेद औषधालय २०५८ सालबाट काठमाडौं महानगरपालिका वडा नं. ८ जयबागेश्वरीमा स्थान्तरण भएको र जिल्ला स्तरीय स्वास्थ्य केन्द्रको हैसियतमा सेवा प्रदान गर्दै आएको र हाल बागमती प्रदेश अन्तर्गत भएकोमा  स्थानीय स्तरमा उपलब्ध जडीबुटी सहित आयुर्वेद  चिकित्सालाई जनमानसमा आकर्षण बढाउने उदेश्यका साथ बागमती अंचल आयुर्वेद औषधालयले समय समयमा यस किसिमका कार्यक्रम  गर्दै आएको जानकारी गराएकी थिइन् ।  उनले गोकर्णेश्वर नगरपालिका भित्र आयुर्बेद औषधालय नभएको हुँदा पनि सो कार्यक्रमलाइ गोकर्णेश्वर ल्याउन महत्वपूर्ण भूमिका खेलेकोमा वडा अध्यक्ष मनोज कुमार ढुंगानालाइ धन्यवाद दिएकी थिइन्। उनले गोकर्णेश्वर नगरपालिकामा अब प्रत्येक महिनाको २ गते सो कार्यक्रम संचालन गर्ने पनि जानकारी गराएकी थिइन्।

अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले आयोजकलाइ धन्यबाद दिदै स्थानीय स्तरमा उपलब्ध जडीबुटी सहित  आयुर्वेद  चिकित्सालाई जनताका माझमा पुर्याउन आफु र गोकर्णेश्वर नगरपालिकाका तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका थिए। उनले आयुर्वेद नेपालको मौलिक र राष्ट्रिय चिकित्सा पद्धति भएपनि अहिलेको पुस्तामा यसको बारेमा जनचेतना र  प्रचारप्रसार अति आवश्यक रहेको बताउदै आयुर्वेद  चिकित्सालाई प्रवर्द्धन र संचालन  गर्नको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

उनले गोकर्णेश्वर नगरपालिकामा प्रत्येक महिनाको २ गते निशुल्क रुपमा   नसर्ने रोग व्यवस्थापन कार्यक्रम अन्तर्गत  शहरी क्लिनिक संचालन हुने र औषधी समेत निशुल्क रुपमा प्रदान गरिने भएकोको उक्त कार्यक्रमबाट लाभ लिनको लागि सबैलाई अनुरोध गरेका थिए । बिहान १० बजे बाट शुरु भएको सो कार्यक्रम अपरान्ह  ३ बजे सम्म चलेको थियो ।उक्त कार्यक्रममा बिभिन्न नसर्ने रोगको परिक्षण गरिनुको साथै औषधि समेत निशुल्क वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।