बुढानिलकण्ठ नगरपालिका- १२ मा दादुरा रुबेला खोप अभियान सुरु

बुढानिलकण्ठ नगरपालिका- १२ मा दादुरा रुबेला खोप अभियान सुरु

कपन अनलाइन

काठमाडौं, चैत ७।बुढानिलकण्ठ नगरपालिका वडा नं- १२ मा दादुरा रुबेला खोप अभियान सुरु  भएको छ । दादुरा रुबेला खोप अभियान चैत ७ गते देखि सुरु भएको यो अभियान चैत ९ गते सम्म जारी रहने छ।

आज वडा कार्यलयमा  बिहान १० :३० बजे देखि अपराह्न ४ :३०बजे सम्म चल्ने उक्त दादुरा रुबेला खोप  बुनपा – १२ मा  बिभिन्न मितिमा विभिन्न स्थानमा खोप केन्द्रहरु  राखिएको छ। २०७६ चैत ८ गते प्रशान्ति एकेडेमी बुनपा -१२,  चैत ९ गते खरिबोट बुनपा- १२ मा संचालन हुने छ।

वडाले दादुरा रुबेला खोपबाट कोहि पनि बंचित नहुन भन्नको लागि घरदैलो कार्यक्रम तथा माइकिङ गरेर प्रचारप्रसार गरेको थियो।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाइरस)कै कारणबाट हुने दादुराजस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालवालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्नेछ । बालवालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्युसमेत हुन सक्छ ।

रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । दादुरा रुबेला रोग लागेपछि यसको खास उपचार छैन । तर, यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षणअनुसार र जटिलताको उपचार गर्नुपर्दछ ।

रोगबाट बच्न नियमित खोपमार्फत बालवालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ । यदि सबै बालवालिका ९ र १५ महिना गरी दादुरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ । दादुरा–रुबेलाको भाइरस मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र स्वाश नली एवं अरु भित्री अंगहरुमा संक्रमण गर्दछ । दादुरा–रुबेला दुवै रोग संक्रामक (रोग लागेको) व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा निस्कने छिटा बाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

तपाइँको प्रतिक्रिया ।