गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नसर्ने रोग व्यवस्थापन कार्यक्रम/शहरी क्लिनिक उद्घाटन हुने

गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नसर्ने रोग व्यवस्थापन कार्यक्रम/शहरी क्लिनिक उद्घाटन हुने

कपन अनलाइन

काठमाडौं फागुन ३० । गोकर्णेश्वर नगरपालिका वडा नं  ८मा नसर्ने रोग व्यवस्थापन कार्यक्रम शहरी क्लिनिक  उद्घाटन हुने भएको छ । बागमती अंचल आयुर्बेद औषधालय काठमाडौँ नेपालको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सहायोजनामा नसर्ने रोग व्यवस्थापन कार्यक्रम/शहरी क्लिनिक अन्तर्गत प्रत्येक  महिनाको २ गते बाथ ,मधुमेह, अवुर्द ,मोटोपन उच्च रक्तचाप ,मृगौला, श्वास प्रश्वास जस्ता रोगहरुको  उपचार हुने भएको हो ।

उक्त क्लिनिकको चैत्र २ गते बिहान १० :३० बजे वडा कार्यलयमा उद्घाटन समेत गरिने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुनको लागि पनि वडाले सार्वजनिक सुचना मार्फत समबन्धित सबैलाई अनुरोध गरेको छ।  साथै नसर्ने रोग व्यवस्थापन कार्यक्रम/ शहरी क्लिनिक प्रत्येक महिनाको २ गते हुने समेत जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।