प्यारो छ नेपाल !
कपन अनलाइन
काठमाडौं, फागुन २५। त्रिलोचनआचार्य/ कविता
मकल्पनाकानवतार जोडूँ
मसिर्जनाकाअवरोध तोडूँ
सद्भावका सागर लाख साचूँ
विश्वासका भेक कुरेर बाचूँ ।
मकर्मका खेल अनेक खेलूँ
म दुख्खका भेल समेत झेलूँ
म खाउ जैल्यै पसिनाबगाइ
स्वतन्त्र भै नाँच्नमिलोस् मलाई ।
पुजा धराको जहिल्यै गरूँ म
र सीपनानायसमा छरूँ म
आफैँ उमारूँयसमा म शान्ति
हूँ देशमै चम्कनुपर्छ कान्ति ।
माटो म हूँकर्म अनेक फल्ने
बाटो म हूँविश्व समस्तडुल्ने
खोला म हूँबग्नु स्वभाव मेरो
बेला म हूँ छैन कतै अँधेरो ।
ममूलहूँभुल्भुलभुल्ल खुल्छु
मपूmलहूँफुर्फुर फुर्र झुल्छु
म घाम हूँझल्मलझल्ल डुल्छु
मयामहूँसल्बल सल्ल घुल्छु ।
हो हो म यैँ छु, छु लतालतामा
जोडिन्छु रे यैँ म कथाकथामा
भेटिन्छुपाखा र थलाथलामा
र साथ नै छु म पलापलामा ।
जहाँ छ मेरो मन यै छ प्यारो
जहाँ छ मेरो पन यै छ प्यारो
जहाँ छ मेरो श्रम पोतिएको
प्यारो छ नेपाल सधैँ सधैँको ।