जोन एकेडेमीमा एक दिने निशुल्क दन्त शिविर सम्पन्न

जोन एकेडेमीमा एक दिने निशुल्क दन्त शिविर सम्पन्न

कपन अनलाइन

काठमाडौं, फागुन २३। जोन एकेडेमीको आयोजना तथा ओम समाज डेन्टल हस्पिटल, चावहिलको सहयोगमा एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ ।

फागुन २३ गते जोन एकेडेमी र ओम समाज डेन्टल हस्पिटलको संयुक्त सक्रियतामा दात मुख सम्बधि स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा ६०० भन्दा माथि बालबालिका, विधार्थी , अभिभावक, शिक्षक,शिक्षिका र स्थानीयबासीहरुको दन्त परीक्षण गरिएको थियो ।

उक्त शिबिरमा ओम समाज डेन्टल हस्पिटलका दन्त्य चिकित्सकहरुको टीममा डा.सुजना अधिकारी सिजन मर्हजन, मनिसा बस्नेत, सविना निरौला सहित अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको प्रयोग गरिएको थियो जसमा डेन्टल चेयर, कम्प्रेसर लगायतका सामाग्रीहरु जडित छन् ।

शिविरमा स-साना बालबालिकालाई ब्रस गर्ने सहि तरिकाको बारेमा पनि सिकाइएको थियो भने दन्तरोगका बारेमा के कसरी बच्न सकिन्छ भन्ने बारेमा पनि डाक्टरहरुद्धारा जानकारी दिईएको थियो भने बिधालयका प्रिन्सिपल भोज कुमार धमलाले स्वास्थ्य शिविरले बिधार्थीहरुमा उत्साह थपिएको बताएका थिए ।
यस्ता शिविर समय समयमा हुनेगरेमा मुख स्वास्थ्य र दन्त रोगका बारेमा जनचेतनाजगाउन कठिनाई नहुने विद्यालयका शिक्षक तथा अभिभावकको धारणा रहेको थियो ।

प्राय स-साना केटाकेटीहरुमा दात भन्ने बित्तिकै डर उत्पन्न हुन्छ र दात निकाल्ने औजार देखेपछी रुन कराउन थाल्छन र ठुलो मानिसमा पनि दात मुखको स्वास्थका बारेमा धेरै जानकारी छैन त्यसैले यस विद्यालयले सबैमा मुखको स्वास्थ्यक बारेमा जानकारी होस् भन्ने उद्देश्यका साथ् यस्ता शिबिरहरु आयोजना गर्दै आईरहेको छ ।

तपाइँको प्रतिक्रिया ।