श्री आरुबारी युवा क्लब द्वारा आयोजित प्रथम अन्तर बिध्यालय सेभेन ए साइड मेयर कप फुटसल प्रतियोगिता शुरु
कपन अनलाइन
काठमाडौं फागुन २३। गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारीमा रहेको श्री आरुबारी युवा क्लब द्वारा विकास, अनुशासन र गतिशिलता खेलाडीको पहिचान ,आपसी सदभाब, भातृत्व र सदाचार हाम्रो अभियान , राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथमा आयोजित प्रथम अन्तर बिध्यालय सेभेन ए साइड नक आउट मेयर कप फुटसल प्रतियोगिता बिहिबार बाट शुरु भएको छ ।गोकर्णेश्वर माकलबारी स्थित मनकामना फुटसलमा बिहिबार एक समारोहका बीच प्रतियोगिताको उद्घाटन भएको हो ।
उक्त प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, समाजसेवी, पुर्व लायन्स गभर्नर तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदी,समाजसेवी एबम नेपाल तरुण दलका काठमाडौं क्षेत्र नं ३ का सभापति संजय लामा, , जनजाती क्षेत्र नं ३ काठमाडौंका सभापति साम्देन लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का जनजाती सभापति राजन श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सचिब सुदिप हमाल,गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा सदस्य पुरुषोत्तम थापा,युवा नेता तथा समाजसेवी बुद्दिमान तामाङ,पुर्व रेफ्री अखिल नेपाल फुटबल संघका श्याम लामा, साइकिलिंग संघका सचिब देबेन्द्र मान सिंह बस्नेत,तोयाकन नेपाल बादोरियो कराते डो संघका कोषाध्यक्ष पेम्बा शेर्पा,
तोयाकन नेपाल बादोरियो कराते डो संघका बरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ,युवा समाज सेवी एबम डांडा गाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहाल, समाज सेवी नबिन बज्र लामा,लगायत सहभागी बिद्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि, श्री आरुबारी युवा क्लबका पदाधिकारीहरु सहित खेलाडी र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता श्री आरुबारी युवा क्लबका अध्यख्सा फुर्साङ तामाङले गरेका थिए भने कार्यक्रम संचालन ज्ञानेन्द्र घलेले गरेका थिए।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा अतिथिहरुलाई श्री आरुबारी युवा क्लबका निर्मल पौडेल र सुरेन्द्र बस्नेतले खादा र ब्याज वितरण सहित स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पानस मा दिप प्रज्वलन गरि औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सचिब सुदिप हमालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए राखेका थिए भने कार्यक्रममा युवा नेता समाजसेवी बुद्दिमान तामाङ, समाजसेवी, पुर्व लायन्स गभर्नर तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदी लगायतले आयोजक लाइ धन्यबाद दिदै बिद्यार्थीहरुको खेल प्रतिको अभिरुचिलाई मध्यनजर गर्दै आरुबारी युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेकोमा सो प्रतीयोगीता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।उनीहरुले खेलाडीहरु खेलेरनै बाच्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले आयोजकलाइ धन्यबाद दिएका थिए। उनले बिद्यार्थीको सामाजिक, शारिरिक र मानसिक विकासको अभिवृद्धिको लागि खेलकुद आवश्यक भएको बताए प्रतियोगिताले विद्यार्थी बीच आपसी भाइचारा तथा मित्रता विकास हुने र बिध्यालयहरु बीच एक आपसमा संस्थागत सम्बन्ध विस्तार हुने पनि बताए । बिद्यार्थीहरु शारीरिक रुपमा स्वास्थ्य नभएसम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारण पनि बिभिन्न प्रतियोगिता उनीहरुको लागी अति आवश्यक भएको बताए ।
बिद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउन र उनीहरुलाई सभ्य, अनुशासित एवम् ईमान्दार बनाउन खेलकुदको महत्वपुर्ण भुमिका रहने बताए । उनले खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वास ब्यक्त गरेका थिए। उनले सम्पूर्ण वडा बासीलाई कोरोना भाइरस बाट आतंकित नभई सतर्कता अपनाउन पनि अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए। स्वास्थ्यको लागि खेलकुदको निकै आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम समेत भएको बताए । उनले उनले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्याउनु बताए। उनले गोकर्णेश्वर नगरपालिकाले खेलकुदलाइ प्राथमिकता राखेको हुदा विभिन्न् प्रतियोगिताहरु संचालन हुदै आएको समेत जानकारी गराए। उनले फुटबल खेलमा सम्भावना बोकेका प्रतिभाहरुको पहिचान गर्न पनि यस्ता प्रतियोगीताले सहयोग पुर्याउने बताए । उनले नगरपालिका भित्र कुनै पनि खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन चहान्छन भने उनीहरुलाई आर्थिक अभाब हुन नदिने र प्रतियोगितामा सहभागी हुँदा लाग्ने खर्चमा नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा आतंकित नभई सतर्कता अपनाउन नगर बासिलाइ अनुरोध गरेका छन् उनले कोरोनाको बारेमा नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न सबै राजनीतिक दल, संघ संस्था र सबै सञ्चार माध्यमलाई विशेष आग्रह समेत गरेका थिए । उनले कोरोना भाइरसको प्राणघातक सङ्क्रमणप्रति संयमपूर्वक सतर्कताका लागि सबै नगर बासीलाई अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा सभाध्यक्षको आसन बाट बोल्दै श्री आरुबारी युवा क्लबका अध्यक्ष फुर्साङ तामांङले उपस्थित सबैलाई धन्यबाद दिदै श्री आरुबारी युवा क्लबले बिगत देखि गर्दै आएको सामाजिक कार्यको संक्षिप्त जानकारी गराएका थिए। उनले खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ् प्रतियोगिता आयोजना गरेको जानकारी गराए।
उनले प्रतियोगितामा कुल १२ बिध्यालयका १५ वटा टिमले सहभागिता जनाएको र प्रतियोगिता फागुन २५ गते सम्म चल्ने जानकारी गराए। प्रतियोगितामा प्रथम दितीय हुने टिमले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको जानकारी गराउदै खेल अवधी भर खेलाडीहरुको मनोबल उच्च पार्न सम्पुर्ण खेल प्रेमी दर्शकहरुलाई खेल अवलोकनको लागि उपस्थिती भईदिन समेत अनुरोध गरेका थिए । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले रेफ्रीलाइ बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटन खेल बाल संसार स्कुल र लर्ड बुद्द स्कुल बीच भएको थियो। निकैनै प्रतिस्पर्धात्मक बनेको सो खेलमा बाल संसार स्कुलले लर्ड बुद्द स्कुललाइ २-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। बिहिबार नै भएको दोस्रो खेल मनकामना स्कुल ए र जीवनतारा एकेडेमी बि बीच भएको थियो। उक्त खेलमा जीवन तारा एकेडेमी बि ले मनकामना स्कुल ए लाइ ७-२ गोलको भारी अन्तरले पराजित गरेको थियो ।त्यसै गरि प्रतियोगिताको तेस्रो खेल जीवन तारा एकेडेमी ए र समता शिक्षा निकेतन बीच भएको थियो ।उक्त खेलमा समता शिक्षा निकेतनले जीवन तारा ए लाइ ५-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
त्यस्तै प्रतियोगिताको चौथो खेल त्रिकोण स्कुल र छहारी शिक्षा सदन ए बीच भएको थियो। उक्त खेलमा त्रिकोण स्कुल ले छहारी शिक्षा सदनलाइ ३-० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै बिहिबार नै सम्पन्न पाँचौ खेल कान्ति भैरब स्कुल र बाल सृजनालय स्कुल बीच भएको थियो ।उक्त खेलमा कान्ति भैरब स्कुलले बाल सृजनालय स्कुललाइ १२-० गोलको भारी अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
हिजो नै सम्पन्न प्रतियोगिताको अन्तिम खेल अरुणोदय माबी र मनकामना स्कुल बि बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेल निर्धारित समय सम्म १-१ गोल को बराबरीमा सकिए पछि रेफ्रीले खेलको निर्णय पेनाल्टी शुट आउट मार्फत लिएका थिए ।पेनाल्टीमा मनकामना स्कुल बि ले अरुणोदय माबीलाइ ४-३ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।