साहित्य समाजको ऐना हो जसमा समाजको सबै पक्ष समेटेको हुन्छ : बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल
कपन अनलाइन
काठमाडौं फागुन २२। बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालले साहित्य समाजको ऐना भएको जसमा सबै पक्ष समेटेको हुने बताए ।उनले गोकर्णेश्वर नगरपालिका र ग्राम निर्माण बन्धु क्लब आरुबारीको संयुक्त रुपमा आयोजित देश ब्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले समाजमा साहित्यले नै समाजका परीवर्तनको बिषयलाई कल्पना गर्न सक्ने बताए। जसले समाजका कुशल र खराब पात्रलाई पनि समेट्न सकिने भने। साहित्यकारमा दुधको दुध पानिको पानी बनाएर र लेख्ने क्षमता हुने उनले बताए।बिश्वमा धेरै जसो मुलुकमा सहित्यले गर्दा क्रन्त्ति ल्याउन सम्भव भएको उनले बताए।यदी मकैको खेति नलेखिएको भए २००७ सालको आन्दोलन नहुने उनले बताए।
चिनिया क्रान्ति, भारतीय क्रान्ति सबै हुनुमा साहित्यले पनि केहि भूमिका खेलेको उनले बताए ।अब साहित्य मार्फत सामजिक, संस्कृतिक र आर्थिक क्रान्ति गर्ने समय आएको उनले बताए।कलालाई उत्पादनको बिषय बनाउन आग्रह गरेका थिए। साहित्य मार्फत अगाडी बढ्न र असल कामको तारिफ गर्न तथा नराम्रो कामको आलोचना गर्न आग्रह गरेका थिए।
उनले आगामी बैशाखमा हुने साहित्यक कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरेका गर्दै कवी रमेश विकलको मुर्ति तयार हुँदै गरेको र देउरालीमा बाघले आफ्नो बच्चालाई माया गरेको मुर्ति सुन्दरीजलमा स्थापना गर्ने तयारी भएको जानकारी दिए।
देशमा सकरात्मक कार्यहरु भइरहेको भनेर देखाउनु रहेको उनले बताए ।नेपाल भ्रमण बर्ष मनाईरहदा साहित्यको, खेलको लगायत अन्य मार्फत देशलाई चिनाउन जरुरी रहेको उनले बताए।एउटा आर्थिक बर्षमा ४० मिटर कालोपत्रे भएपनि अहिले ३ हजार मिटर सडक खण्ड कालो पत्रे भएको उनले जानकारी दिए।