लायन्स क्लब द्वारा सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुलाइ करिब ३० लाख बराबरीको उपकरण हस्तान्तरण
कपन अनलाइन
काठमाडौं फागुन २१। सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुलाई लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए१ले करिब ३० लाख बराबरको उपकरण प्रदान गरेको छ । क्लवले प्रसुतिका लागी अतिआवश्यक १२ प्रकारका उपकरणहरु सोमबार एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए१इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटवाल, लायन राजेन्द्र कोइराला, लायन धर्म शरण श्रेष्ठ लगायत लायन्स सदस्यहरु सोलुखुम्बु पुगेका थिए ।
उपकरण हस्तान्तरण गर्दै लाईन्स क्लव ईन्टरनेश्नल ३२५ ए वानका इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटवालले हिमाली जिल्ला सोलुखुम्बु विश्वकै आर्कषणको केन्द्र भएकाले सोलुखुम्बुलाई आफुहरुले सहयोग गरेको बताए । उनले पर्यटनको आर्कषणको केन्द्र सोलुखुम्बुलाई हरेक सेवा सुविधाको हिसाबले अब्बल बनाउनु आजको आवश्यकता भएको बताए ।
उपकरण ग्रहण गर्दै फाप्लु अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विर कुमार राईले लाईन्स क्लवको सहयोगले जिल्लामा मातृ शिशु मृत्युदरलाई कम गर्न सकिने विश्वास ब्यक्त गरे । उनले हिमाली जिल्ला दुर्गम जिल्लामै पर्ने भएकाले पनि यहाँका जनता स्वास्थ्य लगायत अन्य अतिआवश्यक सेवाबाट बञ्चित हुनुपर्ने अवस्था रहेको बताए ।
अत्याधुनिक उपकरणको प्रयोगले जिल्लाको मातृशिश मृत्युदर कम हुने भएकाले क्लवले ठुलो पुण्यको काम गरेको अध्यक्ष राईको भनाई छ । लाईन्स क्लव अमेरिकाबाट प्राप्त उपकरण पोखरा–विराटनगर हुदै सोलुखुम्बु सम्म ढुवानीको जिम्मेवारी लाईन्स क्लव काठमाण्डौ माकलबारी लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर लायन्स क्लब अफ काठमाडौं बागमती नर्थ र लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले गरेको थियो ।अत्यन्तै संबेदनशिल उपकरण भएकाले पोखराबाट सोलुखुम्बु सम्म ढुवानी गर्न करिब १ लाख २५ हजार रुपैया बराबर खर्च भएको लाईन्स क्लव काठमाण्डौ माकलबारीका प्रेसिडेन्ट राजेन्द्र कोईरलाले कपन अनलाइन लाइ बताए । उनले सो कार्यको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।