उज्यालो र संपद साकोसको एकीकृत साधारण सभा हुने

उज्यालो र संपद साकोसको एकीकृत साधारण सभा हुने

कपन अनलाइन

काठमाडौँ, फागुन १८ । उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड र  संपद बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको एकीकृत साधारण सभा बस्ने भएको छ।

उक्त  एकीकृत साधारण सभा मिति २०७६ /७/ ३० गते बसेको सम्पन्न भएको छुट्टाछुट्टै बार्षिक साधारण सभाको निर्णय बमोजिम दुवै  संस्था एकीकरणको लागि आबश्यक शर्त तथा कार्यविधि तयार गरी  सम्पूर्ण प्रकिया पुरा भएकोले दुवै संस्थाको एकीकृत साधारण सभा हुने भएको हो।

उक्त साधारण सभा मिति २०७६ चैत्र १ गते शनिबार सुर्य क्याटरिंग एण्ड पार्टी प्यालेस धुम्बाराहीमा बिहान ११ : ०० बजे हुने भएको हो।

उक्त साधारण सभामा उपस्थितिको लागि दुवै संस्थाको सम्पूर्ण  सदस्यहरुमा दुवै संस्थाले हार्दिक अनुरोध गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।