बौद्द -चामुण्डा सम्पदा पदयात्रा भब्य रुपमा सम्पन्न

बौद्द -चामुण्डा सम्पदा पदयात्रा भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौँ फागुन १८ ।श्री बौद्धनाथ क्षेत्र विकास समिति र जेभियर इन्टरनेसनल स्कुलको संयुक्त आयोजनामा भएको सम्पदा पदयात्रा(Heritage Walk) कार्यक्रम सम्पन्न भएको छ। देशभरका सम्पदा सफाइ गर्न जनचेतना जगाउनुको साथै स्थानीय मौलिक संस्कृतिलाई उजागर गर्दै बौद्ध क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्धेश्यका साथ  विश्व सम्पदा सूचीमा सुचिकृत बौद्ध स्तुप र जोरपाटीको चामुण्डा मन्दिरलाई जोडेर सम्पदा पदयात्रा आयोजना गरिएको हो ।

शनिबार बिहान विश्व सम्पदा सूचीमा सुचिकृत बौद्दनाथ बाट शुरु भएको सो सम्पदा पदयात्राको संघिय सांसद कृष्ण राइले रिवन काटी उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा बागमती प्रदेशका प्रदेश सांसद छिरिंग दोर्जे लामा,बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, जेभियर स्कुल/कलेजका सिईओ  लोक बहादुर भण्डारी लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रमा बोल्दै संघिय सांसद कृष्ण राइले सम्बोधन गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । बौद्ध बाट शुरु भएको सो सम्पदा पदयात्रा जोरपाटी स्थित चामुण्डा मन्दिरलाइ  परिक्रमा गरि पुन बौद्द स्तुपा हुदै जेभियर इन्टरनेसनल स्कुलमा गएर सभामा परिणत भएको थियो ।पदयात्रामा स्थानिय लाखे नाच,धिमे बाजा,तामाङ बाजा र ब्याण्ड बाजा थप रौनक थपेको थियो। पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध स्तुपाबाट यात्रामा सहभागिता जनाउँदै कार्यक्रम स्थलसम्म पदयात्रामा सहभागी भएका थिए।

 सो पदयात्रा समापन सत्रको अध्यक्षता बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले  गरेका थिए। राष्ट्रिय गान संगै सुरु भएको  सो कार्यक्रममा जेभियर स्कुल/कलेजका सिईओ  लोक बहादुर भण्डारीले स्वागत  मन्तब्य राखेकाथिए भने जेभियर स्कुल कलेजका छात्र छात्राहरुले नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेशका प्रदेश सांसद छिरिंग दोर्जे लामाले आयोजकलाइ धन्यबाद दिदै सगरमाथाको देश,गौतम बुद्द जन्मेको देशको नागरिक हो भनेर चिनाउन तत्पर रहेको बताए ।उनले सम्पदा संवर्द्धनको लागि एकजुट भएर हिड्नुपर्ने बताए। उनले  कुनै पनि कार्यक्रम सरकारले ल्याएको होस् या अरुले ल्याएको होस् यदि त्यो कार्यक्रमले हामी  नेपालीको मान सम्मान उच्च बनाउछ भने त्यो कार्यक्रम हाम्रो कार्यक्रम भनेर सफल बनाउनु पर्ने बताए ।उनले संस्कार संस्कृतिमा नेपाल विश्व माझ अग्रपंक्तिमा रहेको बताए।

उनले २०२० पर्यटन वर्ष मनाउदै गर्दा अन्तर्राष्ट्रिय स्तरमा बिभिन्न घटना क्रम कोरोना भाइरस लगायतले गर्दा पर्यटन आगमनमा रोकावट भइरहेको बताए ।उनले पर्यटन मन्त्रीलाई अनुरोध गर्दै बाह्य पर्यटन मात्र नभई आन्तरिक पर्यटनलाइ पनी प्रवर्धन गर्नु पर्ने बताउदै त्यसको लागि पनि कार्यक्रम ल्याउनको लागि अनुरोध गरेका थिए । उनले विश्व सम्पदा क्षेत्रमा सुचिकृत बौद्दनाथमा अझै पनि धेरै मानिस पुग्न नसकिरहेको बताए। उनले काठमाडौंमा नै बसेका मानिसहरुलाइ समेत पर्याप्त प्रचार प्रसारको कमीले गर्दा बौद्दनाथ सम्म पुग्न नसकेको बताए। उनले प्रचार प्रसार गर्नु हामि सबैको दायित्व रहेको बताए।

उनले हामीमा भएको कुरा नभन्ने र हामीमा नभएका कुरा चाहि कोट्याएर बस्छौ भन्दै उनले अरुका राम्रा काम बताई रहेने तर हाम्रा राम्रा कुराहरु भन्न लाज मानिरहेको बताए। उनले त्यस्तो सोच निकाल्नु पर्ने बताए। उनले पर्यटकहरुलाई भित्र्याउन पशुपतिले छुट्टै होला बौद्दनाथले छुट्टै होला, चितवनले छुट्टै होला, लुम्बिनीले छुट्टै ढंग काम गर्ला भन्दै सबैलाई एक मुष्ट ढंगले नेपाल सरकारले गरे पनि हामीले हाम्रो ढंगले कामहरु गर्नु पर्ने बताए।

उनले आफु प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएकोले पनि आफुले केहि दिन अघिको बैठकमा पनि विश्व सम्पदा क्षेत्रको बारेमा केहि कुरा राखेको समेत बताए। उनले बौद्धमा बौद्द्नाथ क्षेत्र विकास समितिमा प्रदेश सरकारको उपस्थित नभएको बताउदै मन्त्रीलाई गठन आदेश बाट हुन्छ अथवा कसरि हुन्छ प्रदेश सरकारको उपस्थिति जनाईदिनको लागि अनुरोध गरेका थिए। उनले बौद्ध को लागि बजेटहरु ल्याउनको लागि छलफल गर्नुपर्ने बौद्नाथ क्षेत्र विकास समितिको योजना संग प्रदेशको योजनाको दुबिधा अथवा मिस म्याच हुन सक्ने हुदा छलफलको लागि  प्रदेश  सरकारको उपस्थिति हुन पर्ने बताए।

समापन सत्रका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय तहमा पर्यटनको राम्रो प्रचार गरिएता पनी विदेशमा कोरोना भाईरसका कारण प्रचार प्रसार बन्द गरिएको बताएका थिए।कोरोना भाइरस (कोभिड—१९)ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको बताए  ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काम सरकार केन्द्रीत भएको बताए ।

परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडी बढाउने तयारी मन्त्रालयले गरेको पनि बताए ।कोरोनाका कारण नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको बताउदै उनले विश्वबजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावहरुलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको बताए ।

उनले भने , ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवद्र्धनको काममा बढी केन्द्रीत हुन्छौँ । आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडी बढाउँछौँ ।

कार्यक्रममा सहभागी सबैलाई आयोजकको तर्फबाट मेडल तथा प्रमाणपत्रको ब्यवस्था गरिएको थियो भने संघ संस्थालाई प्रसंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम समापन गर्दै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बौद्धनाथ क्षेत्र विकास समितिले हाल सम्म गरेका  कामकारवाहीको बारेमा बताउँदै भावी योजना समेत प्रस्तुत गरेका थिए।

फोटो :निक्क्षे रुम्बा

तपाइँको प्रतिक्रिया ।