बुढानिलकण्ठ नगरपालिकाको फुटबल खेलाडी छनोट गर्ने सम्बन्धी सूचना

बुढानिलकण्ठ नगरपालिकाको फुटबल खेलाडी छनोट गर्ने सम्बन्धी सूचना

कपन अनलाइन

काठमाडौं ,फागुन १४। बुढानिलकण्ठ नगरपालिकाको कार्यलयले सार्वजनिक सूचना जारी गरेको छ।

उक्त सूचना मार्फत गोदावरी नगरपालिकाले उपत्यका भित्र रहेका महानगरपालिका/ नगरपालिका ब्यापी ‘प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिता- २०७६ आयोजना गर्न लागेको छ। मिति २०७६ चैत्र ६ गते देखि २०७६ चैत्र  १४ गते सम्म हुने उक्त प्रतियोगिताको लागि नगरपालिकाबाट  खेलाडीहरुको टिम सहभागी गराउनको लागि यस बुढानिलकण्ठ नगरपालिकाबाट पनि खेलाडीहरु छनोट गरी  एक टिम सहभागी गराउन लागिएको हुँदा बुनपा भित्र स्थाई बसोबास गर्ने इच्छुक खेलाडीहरुले मिति २०७६ फागुन १८ गते सम्म नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र  बसाईसराई को प्रमाणको प्रतिलिपि सहित  सम्पर्क गर्नु हुन् यसै सुचना मार्फत अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।