प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा गोल्डेनगेटको जित

प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा गोल्डेनगेटको जित

कपन अनलाइन

काठमाडौं ,फागुन १४। गोल्डेनगेटले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
गोल्डेनगेटले जेभियर इन्टरनेसनललाई ७०–५५ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले २२ अंक योगदान गरे । गोल्डेनगेटकै प्रज्ज्वल महर्जन फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ घोषित भए ।
सुरुका तीन क्वाटरमा अग्रता लिएको गोल्डेनगेटले पहिलोमा १८–१५, दोश्रोमा १६–१३ र तेश्रोमा २७–१७ स्कोर ग¥यो । चौथो क्वाटर १०–९ ले जेभियरको पक्षमा रह्यो ।
ललितपुरको सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको आफ्नै हलमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सोलो बास्केटबल नेपालले सफलता पायो । फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ प्रसाङ मास्केको २४ अंक सहयोगमा सोलोले बूढानीलकण्ठ बास्केटबल क्याम्पलाई ६५–५७ ले हरायो ।
पहिलो दुई क्वाटरमा सोलो ७–१२ र २०–२१ ले पछि पर्यो। सोलोले तेश्रोमा १४–७ र चौथोमा २४–१७ को अग्रता बनाउदै जित सुनिश्चित गर्यो । प्रतियोगिताअन्तर्गत बुधबार ४ खेल हुने छन् ।

तपाइँको प्रतिक्रिया ।