ईट्टा उद्योगका ६५९ श्रमिक र बालबालिका निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित

ईट्टा उद्योगका ६५९ श्रमिक र बालबालिका निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित

कपन अनलाइन

काठमाडौं ,फागुन १४।बाल विकास समाज, कपन काठमाण्डौले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्द्रागिरी नगरपालिका तथा ललितपुर महानगरपालिका वडा न. २२ को समन्वयमा “ईट्टा उद्मोगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना”ईट्टा उद्योगका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन गरिरहेको छ ।
उक्त परियोजना अन्तर्गत  मिति २०७६फागुन ७ र ८ गतेका दिन स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

चन्द्रागिरी नगरपालिकाको वडा न.१४ को बाल कुमारी ईट्टा उद्योगका २८८ र ललितपुर महानगरपालिकाको वडा न. २२ को जय भैरब र यूके ईट्टा उद्योगको ३७१ गरि जम्मा ६५९ जनाले निःशुल्क स्वाथ्थ परिक्षण गराएका थिए ।
स्वास्थ्य शिविर ईट्टा उद्योगका श्रमिक तथा उनीहरुको बालबालिकालाई लक्षित गरी आयोजना गरिएको थियो भने उक्त शिविरमा बाल बिशेषज्ञको समूहबाट स्वास्थ्य जाच गर्नुका साथै आवश्यक औषधीहरु बितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।