ईटा उद्योगका श्रमिक र बालबालिकालाई लक्षित ‘ईट्टा गार्डेन’ नामक सडक नाटक प्रदर्शन

ईटा उद्योगका श्रमिक र बालबालिकालाई लक्षित ‘ईट्टा गार्डेन’ नामक सडक नाटक प्रदर्शन

कपन अनलाइन

काठमाडौं ,फागुन १४।बालविकास समाज,कपन काठमाण्डौले वल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्द्रागिरी नगरपालिका तथा ललितपुर महानगरपालिका वडा न. २२ को समन्वयमा“ईटा उद्योगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना” ईटा उद्योगका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन गरिरहेको छ ।

उक्त परियोजना अन्तर्गत मण्डला थिएटरको सहकार्यमा बालबिकास समाजले कार्यक्षेत्र भित्रको ८ वटा ईटा उद्योगमा नाटक प्रदर्शन गरेको थियो ।

नाटकले बिशेषत बालश्रम, ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका साथै सामाजिक सुरक्षा सेवा सम्बन्धी जनचेतना मूलक सन्देश दिन खोजेको थियो । ब्यवसायी, श्रमिक र बालबालिकाहरुले नाटक धेरै रोमान्चक र रमाईलोका साथ हेरेका थिए भने प्रदर्शनपश्चात् केहि सहभागिहरुले चेतनामूलक र मार्मिक रहेको साथै आखाँ खोलि दिएकोमा बालविकास समाज, वल्र्ड भिजन ईन्टरनेशनल नेपालप्रति आभार प्रकट गर्दै पनि आउदो दिनमा यस्तै कार्यक्रम ल्याउनु भन्दै प्रतिकृया दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।