फेवातालमा डुंगा पल्टिँदा वेपत्ता रामशरण लुईंटेल मृत फेला

फेवातालमा डुंगा पल्टिँदा वेपत्ता रामशरण लुईंटेल मृत फेला

कपन अनलाइन

काठमाडौं ,फागुन १४।फेवातालमा डुंगा पल्टिँदा सोमबार वेपत्ता भएका बुढानिलकण्कठ नगरपालिका कपनका २७ वर्षे रामशरण लुइँटेल (सुमित) मंगलबार मृत फेला परेका छन्।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखोर सहितको उद्धार टोलीले खोजतलास गर्ने क्रममा मङ्गलवार दिउँसो लुइँटेलको शव फेला परेको हो ।तालको खपौदी क्षेत्रमा ४० फिट गहिरो क्षेत्रबाट लुइँटेलको शब निकालिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए ।

डुंगामा सवार तीन जनामध्ये कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रूपेश अधिकारीको भने प्रहरी, डुंगा व्यवसायी र अन्यको सहयोगमा तत्काल सकुशल उद्धार गरिएको थियो । लुईंटेल डुबेको स्थान वरपर सोमबारै खोजी गरिए पनि भेटिएको थिएन । मंगलबार बिहानैदेखि उनको खोजी कार्य गरिएको थियो ।

डिएसपी ढकालका अनुसार उनीहरू आफैँले डुंगा चलाएका थिए । खपौदी क्षेत्रमा पुगेपछि पानी भरिएकाले डुंगा डुबेरको थियो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।