विकास !

विकास !

कपन अनलाइन

काठमाडौं ,फागुन ११। आश्रय पौडेल

तिमी आउँछौँ भन्ने आशामा
उघारिएका मेरा आँखाहरू
झिम्मसम्म नपारी
क्षितिजसम्म टोलाइरहेका छन् ।

टक् टक् आएका आवाजहरू पनि
मन तरङ्गित बनाउँदै
तिम्रो आगमनको आभास दिएझैँ
मस्तिष्कमा खुल्दुली मचाउँछन्
तर लफसोच तिम्रो आकृति कहीँ कतै देखिँदैन ।

फुटेका खुट्टाहरूमा
भोकले दुखेका पेटहरूमा
जाडोले कठ्याङ्ग्रिएका तनहरूमा
निद्रा नलागेका चिसा रातहरूमा
तिम्रा मलमरूपी नरम हातहरूको
प्रतीक्षामा अँगारिएका मेरा आँखाहरू
अझै थाकेका छैनन् ।

विकास,
तिमी आऊ
चाडै आऊ
पाइला नथाक्दै
मेरो सुन्दर, शान्त र विशाल देश नेपालमा आऊ ।

(कक्षा ८ ग, काष्ठमण्डप, विद्यालय मण्डिखाटार, काठमाडौँ)

तपाइँको प्रतिक्रिया ।