गीत !

गीत !

कपन अनलाइन

काठमाडौं ,फागुन ११।दलिप कुमार मल्ल

भरोसा नै लागेन है तिम्रा ति बाचाहरु
कति ठाँउ फैलाइ हिडु अभागी हातहरु

थाहा छैन के के हुनै हामो माया प्रेम
कुनै आधार नै छैन हाम्रो नकसैको देन

देब्रे आँखा फरफराउँदा लाग्ने सधै रन्का
के के हुने हो भन्दै सधै भरी लाग्ने शन्का

छचल्कीएको गाग्री जस्तो भा छ मेरो मन
चोट माथी वेथा थप्ने भयौ तिमी झन

आधा कुरा सुन्दा फेरी अली लाग्ने आश
मरेको त देख्यौ होला हेर जिउदो लाश

नदी दुइ किनार सरी हाम्रा आफ्ना बाटा
नजिक हु लाग्दा झन हामी हुदै गयो टाढा

जिउनु त मैले मात्र होइन तिमीले पनि हो नी
कर्कलाको पानी जस्तै हाम्रो हल्ला भो नी

बुझीएन ति मनका कुरा कहिले ब्यक्त हुने
झन मन कल्पिएर आकाश धर्ती सधै छुने

तपाइँको प्रतिक्रिया ।