चम्पादेवी प्रकरण : उपभोक्ता समितिको बिज्ञप्ति आयो ,के भन्छन अनिल कार्की ?
कपन अनलाइन
ओखलढुंगा ,फागुन १०।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ३,५,७ अन्तर्गत पर्ने चित्रे आत्मारा, च्यानडाडा फुलबारी हुदै दम्सेखोला जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्नतिका लागि आएको रकमका वारेमा सो सडक निर्माणको जिल्ला पाएको उपभोक्ता समितिले बिज्ञप्ति जारि गरेको छ।
समितिका अध्यक्ष छत्र बहादुर बुढाथोकीले बिज्ञप्ति जारि गर्दै विभिन्न संचार माध्यममा आएको जस्तो रकम वडा अध्यक्ष सुरेस थापाको खातामा राखेर निर्माण कम्पनीलाई नदिएको कुरा झुटो भएको उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिका अनुसार सो स्थानमा भएको कामको सम्पूर्ण रकम सम्बन्धित पक्षलाई भुक्तानी प्रदान गरिसकिएको र यस विषयमा निर्माण कम्पनीले अनावस्यक प्रचारवाजी गरेकोमा दुख व्यक्त गरिएको छ ।
त्यस्तै अध्यक्ष बुढाथोकी द्वारा जारि गरिएको बिज्ञप्तिमा राजनीतिक प्रतिसोध राखेर अध्यक्ष माथि प्रहार गरिएको आरोप लगाइएको छ ।
समितिको बिज्ञप्ति :
चम्पादेवी गाउँपालिकाको वडा नं ३,५,७ अन्तर्गत पर्ने चित्रे आत्मारा, च्यानडाडा फुलबारी हुदै दम्सेखोला जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्नतिका लागि आथिक बर्ष ७५/७६ मा प्रदेश सरकारको ससर्त अनुदान अन्तर्गत गाउँपालिकाद्वारा बिनियोजित रकम पचहतर लाख मध्ये अन्तिम किस्ता रकम बीस लाख थापाको खातामा जम्मा भएको भन्दै सगरमाथा कन्टर्क्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक अनिल कार्कीले गाउँपालिका कार्यालयमा निवेदन दिए संगै यो विषयले गाउँपालिकाको राजनीतिक माहोल तताएको थियो।
यस विषयमा के भन्छन निर्माण कम्पनीका अनिल कार्की ?
यस विषयमा प्रश्न राख्दा निर्माण कम्पनि सगरमाथा कन्टर्क्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक अनिल कार्कीले आफु अन्यायमा परेको र सम्पूर्ण आवस्यक कागजात सहित थप कानुनी उपचारका लागि जिल्ला सदरमुकाम जाने बताएका छन।
सो योजना सम्बन्धित सम्पूर्ण कागजात लिएर थप कानुनी कारवाही र आफुलाई न्यायको लागि न्यायिक कारवाहीको लागि लाग्ने बताउदै कार्कीले यस सम्बनधमा आफुले नेकपा ओखलढुंगा जिल्ला अध्यक्षलाई पनि अवगत गराएको जानकारी दिए।
सम्पूर्ण प्रक्रिया पुरा गरेर निर्माण सम्पन्न भएको योजनाको भुक्तानी नियम संगत पाएको भए आफुले कानुनी उपचार खोज्ने बाटो रोज्नु नपर्ने भन्दै कार्कीले अव जिल्लाका सरोकारवाला न्यायिक निकाय र पार्टीको निर्णयको प्रतिक्षा गर्ने प्रतिक्रिया दिएका छन ।
कार्कीले गाउँपालिकामा दिएको निवेदन :