सिएससी फुटसल :छहारी “ए” र अरुणोदय उपाधिका लागि भिड्ने

सिएससी फुटसल :छहारी “ए” र अरुणोदय उपाधिका लागि भिड्ने

कपन अनलाइन

काठमाडौं ,फागुन १०

छहारी शिक्षा सदन द्वारा आयोजित जारी चौथो संसकरणको सिएससी अन्तर बिद्यालय फुटसल कपको छात्रा तर्फको फाइनलमा आयोजक छहारी “ए” र अरुणोदय खेल्ने भएका छन्।!

गोकर्णेश्वर माकलबारी स्थित मनकामना फुटसलमा भएको सेमीफाईनल खेलमा आयोजक छहारी “ए” ले इस्टपोललाइ २-१ गोलले पाखा लगाउदै फाइनलको यात्रा तय गरेको हो ! यसैगरी अर्को सेमिफाइनलमा आयोजक छहारी “बि” लाइ टाईब्रेकरमा ४-२ ले हराउदै अरुणोदयले पनि आफुलाई उपाधिको दाबेदार बनाएको हो ।

आगामी फाल्गुन १२ गते सोमबार हुने अन्तिम खेलमा अरुणोदय र छहारी “ए” उपाधिको लागी भिड्नेछन् भने इस्टपोल र छहारी “बि” तेस्रो स्थानको लागी खेल्नेछन् । छात्र तर्फ भने इस्टपोल , समता , अरुणज्योति र सांग्रिलाले आफुलाई अन्तिम ४ मा राख्न सफल भए ।

इस्टपोलले आयोजक छहारी “बि” लाइ टाईब्रेकर मा ८-७ गोलले , समताले ब्राइटजोनलाई ४-० गोलले , अरुणज्योतिले मनकामना लाइ २-१ ले र संग्रिलाले छहारी “सी” लाइ ७-१ गोलले हराई सेमिफाइनल को यात्रा तय गरेका हुन् ।

अब फाइनल यात्राको लागी अरुणज्योति र समता अनि इस्टपोल र सांग्रिला ले एकआपसको सामना गर्नेछन प्रतियोगिताका अन्तिम खेल हरु फाल्गुन १२ गते सोमबार संचालन हुनेछन ।

२२ स्कुलका छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमको सहभागिता भएको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै छात्रा र छात्रतर्फका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । साथै छात्रा र छात्र तर्फ एकटिमलाइ फेयर प्ले अवार्ड पनि प्रदान गरिनेछ

तपाइँको प्रतिक्रिया ।