पाँचथर तुम्बेवा – १ का बिनोद कार्कीद्वारा आर्थिक सहयोगको अपिल
कपन अनलाइन
काठमाडौं, फागुन ६ ।पाँचथर तुम्बेवा – १ निवासी बर्ष ३४ का बिनोद कार्कीले आर्थिक सहयोगको अपेक्षा गरेका छन्। उनका दुवै मृगौला फेल भई १४ महिना देखि शिक्षण अस्पताल महाराजगंजमा उपचार गराइरहेका छन् ।
लामो उपचार पछि मृगौला प्रत्यारोपण गर्न सम्भब भएको तर उनको र परिवारको आर्थिक अवस्था कमजोर भएको कारण आर्थिक संकट परेको हुँदा जटिल रोगको उपचार र उनको जीवन बचाउनको आर्थिक सहयोग गरि दिन लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५१ का चिफ काउन्सिलर हरि दाहाल र जाेन चियर पर्सन अच्युत बिष्टले लायन नन लायन लगायत देश विदेशमा बस्ने नेपाली दाजुभाईहरुलाई अनुराेध गरेका छन् । उनलाई सहयोग गर्नका लागि बिनोद कार्कीका नाममा रहेको सानिमा बैंक लि महाराजगंज काठमाडौँको खाता नं ०४६०००००३३०१२ मा सहयोग गर्न सकिनेछ ।