हाइकुहरु !
कपन अनलाइन
काठमाडौं, फागुन ४/ वैरागी जेठा
विनीत आँखा
अरब भूमि सोच्यो
बाजेको दाँत ।
शिशिर याम
हिउँको हुरी आयो
उनी चिच्याइन् ।
विज्ञानको बाटो
वाल्ल परिरहेछ
छक्क मानेर ।
हिउँदे घाम
झ्यालका बरफले
कराए जस्तो,
मूर्ख बूढीले
खुम्च्याइए झैँ लाग्ने
सुगन्धी पात ।
देखेकी छैन
मेरी आमाले आज
सजल आँखा ।
देवदूतले
देख्नासाथ हृदय
मुटु चस्कियो ।
मेरो बाजेको
गाथा सुनाएर म
गाउँछु स्तुति ।
तपाइँको प्रतिक्रिया ।