राम्रो बाटो चुनौं !

राम्रो बाटो चुनौं !

कपन अनलाइन

काठमाडौं, फागुन ४/ चन्द्र वदना घिमिरे

छलको बलको करको गति भो
जनता ठगियो बुझियो मति भो
बलको मद हो चुरी औ फुरी हो
यसरी जित हुन्न बुझौ अब लौ ।

कति हो बुझ्दैन अशिक्षित छ
बुझ्ने जति हुने चुपचाप छ
अधिकार सिमाङ्कन भित्र भए
तव स्वस्थ समाज उदाउँछ है ।

अदना अवला अशिक्षितको
हक हुन्न कतै बुझ निश्चय हो
कमजोर भनी सिमा नबुझि
लड्दा कम वा कि त हुन्छ बढी ।

कमले पनि शोषित नै जल्छ हो
अति धेर भएपनि बेठिक हो
अन्जान कुनै हक इच्छित नै
गरदा सब काम छ ब्यर्थ हुने ।

सिकने बुझने गरने अहिले
तब आर्जन ज्ञान गरौं पहिले
बधुँवा अब गोधनझैं नबसौं
सब योग्य बनी पधवेश चुनौं ।

तपाइँको प्रतिक्रिया ।