बुढानिलकण्ठ – १० बाल सन्जालको विचार प्रस्तुति प्रतिस्पर्धा सम्पन्न

बुढानिलकण्ठ – १० बाल सन्जालको विचार प्रस्तुति प्रतिस्पर्धा सम्पन्न

कपन अनलाइन 

काठमाडौँ,फागुण ३  ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल संजालले आयोजना गरेको विचार प्रस्तुति प्रतिस्पर्धा सम्पन्न भएको छ।

बुनपा १० बाल सन्जाल अध्यक्ष श्रेया श्री भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि   नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्रिका  विदेस मामिला  सलाहकार डा. राजन भट्टाराई प्रमुख अतिथि रहेका थिए।

त्यस्तै सो कार्यक्रममा   रिलायन्स पव्लिक स्कूलका प्र अ   वसन्त लाल लामिछाने, राष्ट्रिय बाल अधिकार परिषद्का उप सचिव कृष्ण प्रसाद भुसाल, बुढानिलकण्नठ नगर  प्रवक्ता  नबराज भट्टराई, सारदा सिवाकोटी, राधा पोखरेल, प्रविन सिलवाल लगायत अतिथि रहेका थिए।

उक्त विचार प्रतिस्पर्धा कार्यक्रममा १६ वटा विद्यालय विचको प्रतिस्पर्धामा ६ वटा विद्यालय फाइनलमा पुगेकोमा  प्रथम  रिलायन्स पव्लिक स्कूल( ए टिम), दितिय  युयुत्सु स्कूल तृतीय रिलायन्स पव्लिक स्कूल (वि टिम) भएका थिए  ।

कार्यक्रममा बोल्दै बुनपा १० वडा अध्यक्ष भट्टराईले बाल बालिका र महिलाको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम आयोजना  गरेकोमा  बुनपा १० बाल सन्जाललाई   धन्यबाद दिदै बालबालिकाको क्षेत्रमा सकारात्मक, पार्दर्शी ढङ्गबाट आफु र वडा निरन्तर रुपमा अगाडि बढ्ने बाचा व्यक्त गरेका थिए ।

सो कार्यक्रमका विशेष अतिथि तथा राष्ट्रिय बाल अधिकार परिषद्का उप सचिव भुसाले बालबालिकाको क्षेत्रमा एेन, नीति, नियम बानाएर आफु र आफ्ना कार्यालय सकारात्मक ढङ्गबाट अगाडी बढ्ने कुरा बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुक अतिथि भट्टाराईले अहिलेको २१ औ शताव्दिको जमाना र प्रतिस्पर्धा  को जमानामा यस्तो प्रतिस्प्रधात्मक कार्यक्रम राखेकोमा आयोजक प्रति हार्दिक आभार व्यक्त गर्दै बालबालिकाको क्षेत्रमा आफु र प्रधानमन्त्रिको कार्यालय निरन्तररुपमा अगाडी बढेको र बढ्ने कुरा बताएका थिए  ।

बुनपा १० बाल सन्जालकी अध्यक्ष  श्रेया श्री भण्डारीले सो औपचारिक कार्यक्रमको समापन गरेको कार्यक्रममा काठमाडौं जिल्ला बाल सन्जाल अध्यक्ष नेहा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन्  ।

तपाइँको प्रतिक्रिया ।