बुढानिलकण्ठ नगरपालिका -५ विष्णुमतिमा रहेको शिव मन्दिरको शिलान्यास

बुढानिलकण्ठ नगरपालिका -५ विष्णुमतिमा रहेको शिव मन्दिरको शिलान्यास

कपन अनलाइन

काठमाडौं, माघ २८  ।बुढानिलकण्ठ नगरपालिका वडा- ५ विष्णुमति खोला किनार स्थित शिव मन्दिर पूर्ननिर्माण कार्यको शिलान्यास भएको  छ ।

सोमबार आयोजना भएको कार्यक्रममा बागमती प्रदेशका सभा सदस्य  दिपक निरौलाद्वारा  उक्त शिव मन्दिरको एक औपचारिक कार्यक्रम मार्फत शिलान्यास गरेका हुन् ।

बागमती प्रदेश सरकारद्वारा विनियोजित गरिएको बजेत रकम ५० लाख अन्तर्गत रहेर उक्त मन्दिरको पुर्ननिर्माण कार्यको शुरुवात गर्न  लागिएको हो। धार्मिक मुल्य-मान्यता र सम्पदाहरुको उचित संरक्षण गरिनुपर्ने सबैको साझा भावना अनुरुप सो मन्दिरको पु्रननिर्माण गरिनुपर्ने भएको हुँदा उक्त कार्य शुरु गरिएको हो।

प्रदेश सरकारद्वारा हाम्रो संस्कृति लगायत हरेक धार्मिक स्थलहरुको उचित निर्माण, व्यवस्थापन र धर्म संरक्षणका लागि विनियोजित उक्त रकम सोहि मन्दिरको पुर्ननिर्माणका लागि प्रयोग हुने जानकारी प्रदेस सभा सदस्य दिपक निरौलाले दिएका छन् ।

आ.व.२०७७ को बैशाख महिनासम्ममा निर्माण सम्पन्न गिने उद्देश्यका साथ बन्न लागेको उक्त भवनको माथिल्लो भागमा भगवान् शिवको मुर्ति रहनेछ भने मन्दिरको भवन अन्य विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरुको लागि समेत प्रयोजन गर्न सकिने संसद निरौलाले बताएका छन् ।

उक्त शिलान्यास कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा-५ का वडा सदस्यहरु लगायत  बुद्धिजीवी, भद्रभलाद्मीको रहेको थियो  ।

फोटो सौजन्य :बिएसजी

तपाइँको प्रतिक्रिया ।