गजल !
कपन अनलाइन
काठमाडौं माघ २७ /नवराज न्यौपाने’ मौन’
सजाइ प्रेमका कथा वहार बन्छ जिन्दगी
हटाइ द्वेषका कुरा सुधार भन्छ जिन्दगी
भलो गरे उभो उभो बिगार हुन्छ ध्वंशले
कहाँ चुक्यो महानता सदैव गन्छ जिन्दगी
छ दिग्दिगन्त कीर्ति त्यो उदार बन्छ जो नर
र आफ्नु मार्ग स्वर्गको सपाट खन्छ जिन्दगी
रहन्न मेल देशमा बिभेद राग फैलिए
समानता र न्यायको कुरो निफन्छ जिन्दगी
मिलेर दाजुभाइले सजाइ स्वप्न बाग त्यो
डटेर बढ्न शर्तमा व्यथा सहन्छ जिन्दगी
तपाइँको प्रतिक्रिया ।