गोंगबु साहित्य समाजको पचासौं श्रृंखला सम्पन्न
कपन अनलाइन
काठमाडौं माघ २७ ।गोंगबु साहित्य समाजको पचासौं श्रृंखला साथ सम्पन्न भएको छ । काठमाडौंको गोंगबु गणेसस्थानस्थीत लुनार बोर्डिङ स्कुलको साहित्य हलमा शनिबार सम्पन्न भएको कार्यक्रममा समाजका पदाधिकारी एवम बिभिन्न साहित्यीक व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।
समाज की उपाध्यक्ष सीता बिष्ट कार्कीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम वरिष्ठ साहित्यकार बम बहादुर जितालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सुरुमै गोंगवु समाजकी कोषाध्यक्ष चन्द्रा न्यौपानेले उपस्थित अतिथीहरूलाई स्वागत मन्तब्य दिएकी थिइन ।समाज की अध्यक्ष द्वारिका कूइकेलले संचालन गरेका थिए ।
कार्यक्रममा गंगा आचार्य र सुशी ढकाल अधिकारीले आमन्त्रित अतिथिहरुलाई खादा माला लगाएर स्वातग गरेका थिए । कार्यक्रममा उपस्थित स्रस्टा एवम सर्जक प्रति आभार व्यक्त गर्दै संस्थाकी अध्यक्ष द्धारिका कुइकेलले यस्तो साथ र सहयोग संधै भरी पाउनेमा आफू बिश्वस्त रहेको बताएकी थिइन् ।
कार्यक्रममा बिभिन्न बिधामा साहित्य सेवा गर्दै आएका कवि,गजलकार एवम मुक्तककारका रचना बाचन गरिएको थियो । कार्यक्रममा छन्द कवि धरधीधर गुरागाइ,गजलकार एवम मुक्तककार राजेन्द्र घिमीरे सागर,कवियत्री जानुका थापा रायमाझी, गजलकार गोपाल नेपाल, गजलकार एवम उपन्यासकार दामोदर ढकाल दीपकले आ आफ्ना रचना बाचन गरेका थिए ।कार्यक्रममा बाचन भएका कविता,मुक्तक एवम गजलले दर्शकको तालीको गड्गडाहट पाएको थियो ।
कार्यक्रममा उपस्थित अन्य साहित्यिक स्रस्टाहरुले पनि आफ्ना रचना बाचन गरेर सुनाएका थिए । कार्यक्रममा रचना बाचन गर्ने विशेष ५ जना स्रस्टालाई संस्थाद्धारा सम्मानपत्र समेत प्रदान गरिएको थियो