भावपूर्ण श्रद्धाञ्जली !
कपन अनलाइन
काठमाडौँ , माघ २३ /एलिसा ढुङ्गाना
गुधुली साँझमा रमाउँदै
जुनकीरीले बत्ति बाल्न नपाउँदै
आमाले साँझको दियो जलाउन नपाउँदै
सेतो र कालो रङ्ग देखिने
सुमधुर गित संगीत सुनिने
राम्रा राम्रा मान्छेले बोलेको हेर्न र सुन्न पाइने
अचम्मको १४ इन्चको डिब्बा अगाडी
बत्तिमा पुतली झुम्मिएझै झुम्मिने हाम्रो झुपडी
विश्व घटना कार्यक्रम हेर्न बनेको प्रिय थलो
लाग्थ्यो हेर्नेको हुदैन होला कहिलै कुभलो
त्यसैले मैले पनि नबुझेनी बुझे झैँ गर्दै
सकिनसकी त्यो भिडलाइ पन्छाउँदै
जता पायो तेतै कोच्चिदै
आँखा र कानलाइ चनाखो पार्दै
त्यो मिठो आवाजमा लठ्ठीएर
पत्रकारिता विषय अध्यन गर्ने
मनले निधो गरेको चालै पाइन
हो, उनै दुर्गा नाथ शर्मा
जसको बोलिमा परिवर्तनका शब्द सुनिन्थ्यो
सकारात्मक सोच आउने जादु थियो
मनलाई हावा झैँ बहकिन दिदैनथ्यो
विश्व बुझ्ने सुनौलो मौका मिल्दथ्यो
आज बिश्व यो सानो स्मार्ट डिब्बामा कैद छ
तैपनि मेरो मनले उहि पुरानो
विश्व घटना कार्यक्रम खोज्दैछ
लौन यो स्मार्ट डिब्बाले
दुर्गा नाथ शर्मालाई के भन्छ ??
पहिला जस्तै अहिले पनि खरानी रङ्गमै देखाउँछ
तर अहिलेको यो चित्र
न त बोल्छ न त मुस्कुराउँछ
सदासदाको लागि अस्ताउन खोज्छ
तर समयले जति कोल्टे फेरे पनि
यो मन जति रोए पनि
चिताको धुवाँले तुवाँलो लागेपनी
आँखा रसाइरहे पनि
१४ इन्चको डिब्बा भित्र रहेको विश्व घटना
सङ्गै जोडिएको नाम दुर्गा नाथ शर्मा
यो मनमा थपक्क बसेको छ
त्यसैले मनदेखिनै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छ
तपाइँको प्रतिक्रिया ।