गुणस्तरीय प्लाइउड उत्पादन गर्न आवश्यक: अर्थमन्त्री डा. खतिवडा

गुणस्तरीय प्लाइउड उत्पादन गर्न आवश्यक: अर्थमन्त्री डा. खतिवडा

कपन अनलाइन

काठमाडौँ , माघ २३ । अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाईऊड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । बुधवार अर्थ मन्त्रालयमा नेपाल प्लाईऊड उत्पादन संघका पदाधिकारीसँगको भेटमा उनले प्लाईऊडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गरे ।

नेपाली बजारमा प्लाईऊडको माग उच्च भएकोले उत्पादनको गुणस्तरीयतामा ध्यान दिनुपर्ने मन्त्री खतिवडाको भनाइ छ । कु–काठजन्य वनस्पतिलाई नगदे बालीका रूपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे खतिवडाले बताए ।

स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गर्दै उनले प्लाईऊड उत्पादक संघले राखेका समस्याहरूका बारेमा छलफल गरी समाधान गरिने आश्वासन दिए ।

नेपाल प्लाईऊड उत्पादन संघका अध्यक्ष प्रदीपकुमार चौधरीले हाल नेपालमा प्लाईऊडसम्बन्धी ६७ ओटा उद्योग चालू अवस्थामा रहेको, यसमा करीब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा प्लाईऊडमा नेपाल आत्मनिर्भर रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।