कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु सम्पन्न
कपन अनलाइन
काठमाडौँ, माघ १८। बुढानिलकण्ठ नगरपालिका वडा नं ८ महांकालमा रहेको कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको शुक्रबार सेमीफाइनलका खेलहरु समपन्न भएको छ ।
शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाइ बिद्यार्थीहरुमा रहेको फुटबल प्रतिको अभिरुचीलाइ मध्यनजर गर्दै प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य राखेर बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित ह्याण्ड बल खेल मैदानमा संचालित सो प्रतियोगिताको पहिलो सेमी फाइनल फाइनल खेल शारदा एकेडेमी र त्रिज्योति स्कूल बीच भएको थियो । उक्त खेल निर्धारित समयमा सम्म २-२ गोलको बराबरी सकिए पछि निर्णय टाइब्रेकर मार्फत लिइएको थियो । टाइब्रेकरमा शारदा एकेडेमीका खेलाडिले प्रहार गरेको २ पेनाल्टि सुटले जाली चुम्न असफल भएपछी त्रिज्योति स्कूल ४-२ ले बिजयी भई फाइनल प्रवेश गरेको छ ।
शुक्रबार नै समपन्न दोस्रो सेमिफाइनल खेल पायोनिएर पब्लिक स्कूल र ध्रुव तारा स्कूल बीच भएको थियो। उक्त खेलमा ध्रुब तारा स्कूलले पायोनियर पब्लिक स्कुललाइ २-१ गोल अन्तरले पराजित गर्दै फाइनल को यात्रा तय गरेको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको २ मिनेटमा पायोनियेरका खेलाडि किरण तामांगले पहिलो गोल गरि अग्रता लिएता पनि खेलको ११ मिनेटमा ध्रुव तारा स्कूलका खेलाडि अनुज मगरले गोल गरि खेललाई बराबरीमा ल्याएका थिए । दोश्रो हाफमा ध्रुव तारा स्कूलका खेलाडी सुदिप खड्कीले थप १ गोल गर्दै टिमलाई बिजयी गराए ।खेलमा शारदा एकेडेमीका खेलाडी साहिल राई र ध्रुव तारा स्कूलका खेलाडि सुदिप खड्गी म्यान अफ द म्याच घोषित भए उनीहरुलाई कपन अनलाईनका प्रधान सम्पादक पुण्य राज पुडासैनीले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
फाइनल खेल शनिबार १ बजे त्रि ज्योति स्कुल र ध्रुबतारा स्कुल बीच हुनेछ। कुल १६ वटा टिमले सहभागिता जनाएको प्रतियोगीतामा प्रथम दितीय हुनेले नगद पुरस्कार क्रमश रु २० हजार र १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने प्रतियोगितामा बिभिन्न विधामा उत्कृष्ट हुने खेलाडी र म्यान अफ द म्याचको ट्रफीको समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक अशोक श्रेष्ठले कपन अनलाइनलाइ बताए ।
शनिबार हुने फाइनल खेल संघिय सांसद माननीय गगन कुमार थापाको प्रमुख आतिथ्यमा हुने पनि उनले जानकारी गराए । उनले खेलाडीहरुको मनोबल उच्च पार्न सम्पुर्ण खेल प्रेमी दर्शकहरुलाई खेल अवलोकनको लागि उपस्थिती भईदिन समेत अनुरोध गरेका छन ।