मास्टर र मिस तिरुपति २०७६ को उपाधि धुर्व र सरस्वतीलाई
कपन अनलाइन
काठमाडौं ,माघ १७। इन्टरनेशनल स्कुल अवार्ड प्राप्त तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुलद्वारा आयोजित मास्टर एण्ड मिस तिरुपति – २०७६ को कार्यक्रम समापन भएको छ । मास्टर एण्ड मिस तिरुपति – २०७६को उपाधि धुर्व बी.क र सरस्वती श्रेष्ठले प्राप्त गरे
श्रीपन्चमीको पावन अवसर पारेर एक समारोहको बीच उक्त कार्यक्रम सम्पन्न भएको हो । विभिन्न चरणबाट छनौट हुँदै आएका १८ प्रतिस्पर्धीहरुलाई विद्यालयले विभिन्न उपाधीले सम्मान गर्नुका साथै प्रथम, दृतिय, तृतीय र चौथो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
मास्टर तर्फ प्रथम धुर्व बी. क, दृतिय ईन्ट्रेस राई, तृतीय कबिराज कार्की र चौथो निकेश गुरुङ भए भने मिस तर्फ प्रथम सरस्वती श्रेष्ठ, दृतिय रोजिना चापागाईं, तृतीय शुभेक्छा पौडेल र चौथो मनजिता खड्का भएका छन ।
राष्ट्रिय कलाकार मिङ्स लामा, सपन श्रेष्ठ, सुनिता प्रधान र मनोहर अधिकारीको उपस्तिथि रहेको उक्त प्रतियोगिताको निर्णायक मण्डलमा भने मिस टिन एवम् नायिका श्रेया कार्की, मिस्टर नेपाल बाट सन्तोष थापा र मिस ग्रेस शशी प्रधान थिए ।।