नियो हेल्थ क्लिनिकको आफनै भवनबाट सेवा सुरु
कपन अनलाइन
काठमाडौं ,माघ १७। १२ वर्षदेखि सञ्चालित काठमाडौंको नियो हेल्थ क्लिनिक सुविधासम्पन्न आफ्नै भवनमा सरेको छ ।
बिहीबार काठमाडौं–५ ढल्कुमा विशेष कार्यक्रम गरी क्लिनकले नयाँ भवनबाट सेवा सुरु गरेको हो ।
सेवाग्राहीको आवश्यकताअनुसार सम्पूर्ण किसिमका सेवा प्रदान गरिने क्लिनिककी अध्यक्ष डा. कल्पनाकुमारी श्रेष्ठले बताइन् । उनले नाफा कमाउने उद्देश्यले नभई सेवा गर्ने उद्देश्यले क्लिनिक सञ्चालन गरिरहेको बताइन् । ‘पैसा छैन भने पनि यहाँ आइसकेका कुनै बिरामीले उपचारबाट विमुख हुनुपर्दैन,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘नियो हेल्थ क्लिनिक फाइदाका लागि सञ्चालन गरिएको होइन, यो विशुद्ध सेवाको भाव लिएर अघि बढेको संस्था हो ।’मृर्गौला रोग विशेषज्ञसमेत रहेकी श्रेष्ठले वर्षमा एक पटक आफ्नो मृर्गौलाको जाँच गराउन सर्वसाधरणलाई सुझाव पनि दिइन् ।
नियो हेल्थ क्लिनिकका सञ्चलक सूर्य कुँवरले सेवाग्राहीको विश्वास जितेका कारण दुई वटा कोठाबाट सेवा सुरु गरेको क्लिनिक सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्ने हैसियतमा आइपुगेको बताए । ‘हामी विरामीको स्वास्थ्यप्रति संवेदनशील छौं र हुनेछौँ,’ उनले भने, ‘हाम्रो सेवालाई दूरदराजसम्म प्रभावकारी रुपमा फैलाउने हाम्रो योजना छ ।’
कार्यक्रममा काठमाडौं–५ का वडाअध्यक्ष रमेश डंगोलले वडामा अक्षय कोष स्थापना गरी क्लिनिकसँग सहकार्य गरी अघि बढ्ने बताए ।
तपाइँको प्रतिक्रिया ।