कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिध्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिध्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाडौं माघ १५। बुढानिलकण्ठ नगरपालिका वडा नं ८ महांकालमा रहेको कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता मंगलबार बाट शुरु भएको छ।

 शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाइ बिद्यार्थीहरुमा रहेको फुटबल प्रतिको अभिरुचीलाइ मध्यनजर गर्दै प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य राखेर आयोजना गरिएको सो प्रतियोगिताको उद्घाटन सत्रका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेल रहेका थिए भने बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी , वडा नं १० का कार्यबाहक अध्यक्ष चन्द्रमान श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष सुमन तामाङ,नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेश ख संयोजक बिनोद चालिसे,नेपाली कांग्रेसका नेता राजाराम बुढाथोकी,प्याब्सक सचिव राजन श्रेष्ठ, लगायत सहभागी बिध्यालयका शिक्षक खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता कम्युनिटी केयर नेपालका अध्यक्ष बिजेन्द्र श्रेष्ठले गरेका थिए।कार्यक्रमको उद्घाटन बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेलले रेफ्रीलाइ बल हस्तान्तरण सहित गरेका थिए ।उद्घाटनको पहिलो खेल पायोनियर स्कुल र ज्ञान प्रकाश स्कुलको बिचमा भएको थियो | उक्त खेलमा ज्ञान प्रकाश स्कुलले पायोनियर स्कुललाई ४-१ ले हराएको थियो|प्रतियोगिताको दोस्रो खेल ड्याफोडियल स्कुल र शिशु मिलन स्कुलको बिचमा भएको थियो | उक्त खेलमा  ड्याफोडियले शिशु मिलनलाई ४-३ गोलले पराजित गरेको थियो |सोहि दिन भएको तेस्रो खेलम जोसेफ स्कुल र टि.आइ.एको बिचमा भएको थियो | उक्त खेल बराबरीमा सकिए पछि पेनाल्टी सुट आउटमा जोशेप स्कुलले टि.आइ.ए लाई ६-५ ले पराजित गरेको थियो |

पहिलो दिनको अन्तिम खेल पुष्पलाल स्कुल र सारदा स्कुलको बिचमा भएको थियो | उक्त खेलमा  पुष्पलालले  सारदालाई २‍-१ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ |माघ १४ गते देखि १८ गते सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं१० स्थित ह्यान्ड बल खेल मैदानमा आयोजना हुने सो प्रतियोगितामा कुल १६ वटा टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन ।प्रतियोगीतामा प्रथम दितीय हुनेले नगद पुरस्कार क्रमश रु २० हजार र १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने प्रतियोगितामा बिभिन्न विधामा  उत्कृष्ट हुने खेलाडी र म्यान अफ द म्याचको ट्रफीको समेत व्यवस्था गरिएको छ।

तपाइँको प्रतिक्रिया ।