ग्लोबलको विजयी सुरुवात
कपन अनलाइन
काठमाडौँ , माघ १४ । डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुलले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुवात गरेको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा ग्लोबलले माउन्ट सेबलाई १–० गोलले पराजित ग¥यो । ग्लोबलका ऋतिक न्यौपानेले निर्णायक गोल गरे ।
प्रतियोगिताको एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र आयोजक संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) का अध्यक्ष आरबी कट्वालले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । उद्घाटनका अवसरमा सहभागी टिमले गरेको मार्च पास्टमा शीर्ष तीन स्थान हासिल गर्नेलाई ट्रफी प्रदान गरी पुरस्कृत गरिएको थियो । ग्लोबल पहिलो, वेस्ट ग्रुप भिजन दोश्रो र अन्नपूर्ण तेश्रो भए ।
प्रतियोगितामा २१ टिम सहभागी छन् । नक आउट प्रतियोगिताको फाइनल माघ २५ गते हुने छ । दोश्रो दिन मंगलबार ३ खेल हुने प्रतियोगिता संयोजक एवं फिजमका सचिव देवीप्रसाद डोटेलले जानकारी गराए ।