दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सुरु
कपन अनलाइन
काठमाडौं, माघ १३।राजधानीमा दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सुरु भएको छ ।
राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुदू भन्ने नाराका साथ आइतबार देखी सुरु भएको प्रशिक्षक प्रशिक्षण सम्मेलनमा आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिने छ ।
नेपाल सेल्फ डिफेन्सको आयोजनामा सुरु भएको सम्मेलनमा अमेरिकबाट आएका आत्मरक्षाका ग्राड मास्टरले सम्मेलनमा सहभागी प्रशिक्षकहरुलाई प्रशिक्षण गर्नेछन ।
३ दिन सम्म संचालन हुने अन्तर्राष्ट्रिय तालिममा देशका ३७ जिल्लाका आत्मरक्षा तालीमका कोचहरुको सहभागी रहेको छ । यसअघि सुन्दर पर्यटकीय नगरी पोखरामा संचालन गरिएको आत्मरक्षा तालीम काठमाडौं पश्चात जनकपुरमा संचालन हुने नेपाल सेल्फ डिफेन्स एसोसिएसनकी नेपाल प्रमुख सञ्जु महर्जनले जानकारी गराइन्
तपाइँको प्रतिक्रिया ।