घुम्ती कविगोष्ठीको ८७ औँ शृङ्खला सम्पन्न
कपन अनलाइन
काठमाडौं, माघ १३। घुम्ती कविगोष्ठी नेपालको ८७ औँ शृङ्खला घुम्ती कविगोष्ठी नेपालका सचिव माधवलाल श्रेष्ठको संयोजकत्वमा काठमाडौँको रामहिटीस्थित नवजागृति मा. वि.को सभाहलमा सम्पन्न भएको छ ।
संयोजककै सभापतित्वमा २०७६ माघ ११ गते शनिबार सम्पन्न यस कार्यक्रममा डा. विदुर चालिसेको प्रमुख आतिथ्य थियो भने अन्य अतिथिहरुमा नवजागृति मा.वि. का प्रधान अध्यापक डम्बर राई, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष परशुराम पराशर, कपन–वानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निबन्ध आचार्य, कवि त्रिलोचन आचार्य, सङ्गीतकार–कलाकार डम्बर ढकाल र नवजागृतिका शिक्षक सुरज ढुङ्गाना रहेका थिए ।
बिहान ८ बजे सुरु भएको यस कार्यक्रममा नवजागृति मा.वि. का विद्यार्थीहरुको समेत उपस्थिति थियो । जसमा सुनिल तामाङ, दामु शेर्पा, प्रकृति बस्नेत, निकी गुरुङ र फुलमाया श्रेष्ठले भने कविता वाचन गरेका थिए । कविता वाचन गर्ने अन्य कविहरुमा ओमप्रसाद कोइराला, मिसन अधिकारी, घनश्याम प्रसाईं, सुमित्रा श्रेष्ठ, अशोक कुँवर ‘नेत्र’, टङ्कबहादुर बजगाईं, रामकुमार पण्डित, परशुराम पराशर, दुर्गा अधिकारी भमरकोटे र त्रिलोचन आचार्य रहेका थिए । । सभापति माधवलाल श्रेष्ठले मुक्तक वाचन गरेका थिए भने अतिथि डम्बर ढकालले बाँसुरीको घुन सुनाएर र गीत गाएका थिए ।विद्यार्थी सुनिल तामाङले पनि अन्त्यमा गीत गाएका थिए ।
उक्त कार्यक्रममा वाचित रचनाहरुको समीक्षा कवि त्रिलोचन आचार्यले गरेका थिए । विद्यालयका प्र.अ. डम्बर राईले धन्यवाद दिएका थिए।
प्रमुख अतिथि डा. विदुर चालिसेले कविता, हाइकु तथा गजल लेखनको विषयमा जानकारी दिए । कार्यक्रमको सञ्चालन घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्ष रामकुमार पण्डितले गरेका थियो ।