फष्ट नेपाल फाउण्डेशनको व्राण्ड एम्वासडरमा ‘मिसेज व्यूटी क्विन’ सन्तोषी शाही ठकुरी
कपन अनलाइन
काठमाडौं, माघ १२। ‘मिसेज व्यूटी क्विन २०२०’ नेपालकी बिजेता सन्तोषी शाही ठकुरी ‘फष्टनेपाल फाउण्डेशन’को व्राण्ड एम्वासडर घोषित भएकी छन् ।
शनिबार साँझ एक कार्यक्रमका बिच ‘फष्टनेपाल फाउण्डेशन’ले उनलाई व्राण्ड एम्वासडर घोषणा सहित सम्मान समेत गरिएको थियो ।
सिजन मिडियाद्वारा हालै राजधानीमा आयोजित ‘मिसेज व्यूटी क्विन २०२०’की सन्तोषीले ‘फष्टनेपाल फाउण्डेशन’को ब्राण्ड एम्वासडर घोषणा भएपछि वैदैशीक रोजगारीको सिलसिलामा दुख पाएका, दुर्घटनामा परेका नेपालीहरुको सहयोगको लागि सामाजिक सेवाको कार्य गर्ने बताइन् ।
‘समाजसेवा मेरो रुचिको बिषय हो’ सन्तोषीले भनिन् ‘यस संस्थामा रहेर दुखीहरुको सेवामा दिनरात लाग्नेछु ।’ सन्तोषीले मानिसलाई अगाडि बढ्न सौदर्य प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताउदै बिवाहित महिलाहरुलाई चुलोचौकोमा अझिएर मात्र नरहन सुझाएकी थिइन् ।
‘फष्टनेपाल फाउण्डेशन’का अध्यक्ष प्रदीपराज वन्तले संस्थालाई सेवामुलक रुपमा अगाडि बढाउने बताए । उनले संस्थामा सिजन मिडियावाट आयोजना हुने सम्पूर्ण प्रतियोगीताका विजेता तथा सहभागीहरुलाई परिचालन गरेर सर्वसाधारणको सेवा गर्ने जानकारी दिए भने वैदेशिक रोजगारीमा जानेहरुलाई निशुल्क रुपमा विभिन्न चेतनामुलक कार्यक्रमहरुका साथै तालिम दिने व्यवस्था पनि गरिने वताए ।