गोसाइँकुण्ड हिडेका गोकर्णेश्वर ३ का जापान तामाङ र उनका साथी बेपत्ता, खोजी कार्यमा सहयोग गर्न वडा अध्यक्ष राजेन्द्र भण्डारीको अनुरोध

गोसाइँकुण्ड हिडेका गोकर्णेश्वर ३ का जापान तामाङ र उनका साथी बेपत्ता, खोजी कार्यमा सहयोग गर्न वडा अध्यक्ष राजेन्द्र भण्डारीको अनुरोध

कपन अनलाइन

काठमाडौं,माघ ५। गोसाइँकुण्ड हिडेका जापान तामाङ सहित उनका साथी बेपत्ता भएका छन् ।गोकर्णेश्वर नगरपालिका ३ स्थाई घर भएका मनोज लामाका १९ बर्षीय छोरा जापान तामाङ र उनका साथी दुइ दिन देखि बेपत्ता भएको गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले कपन अनलाइन लाइ बताए।  जापान तामाङ संगै गएका  साथीको परिचय भने खुल्न सकेको छैन  ।

पौष २८ गते रसुवाको धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइँकुण्ड दर्शन गर्न उनीहरु घरबाट निस्किएका थिए । काठमाडौंबाट सुन्दरीजल हुँदै गोसाइँकुण्ड जाने तयारीमा घरबाट निस्किएका  उनीहरु पौष  २८ गते  फेदी पुगेको   र बाटोमा हिउँ भएका कारण  माघ २ गते सम्म त्यहीँको एक होटलमा बसेका थिए ।  माघ ३ गते पनि उच्च हिमपातका कारण गोसाइँकुण्ड जान नसकिने भएपछि उनीहरु काठमाडौं फर्किने भन्दै त्यहाँबाट हिँडेका थिए ।

शुक्रबार राति अन्तिम पटक १० बजे जापान तामाङले  घरमा फोन गरि आफुहरु हिउँमा फसेको परिवारलाई जानकारी गराएका थिए ।उनीहरुसँग भएको फोन ट्रयाकिङ गर्दा सिन्धुपाल्चोकको पाटी भञ्याङ देखाएको र ‘एनसेलको फोन ट्याकिङ गर्दा नुवाकोटको गाउँखर्क देखिएको रसुवाका प्र.जी.अ अर्जुन भण्डारीले सबैसँग समन्वय गरी हराएकाहरुको खोजी कार्य जारी राखेको बताए।’शनिबार बिहान १० बजेदेखि खोजी तथा उद्धारको लागि टोलिसहित  हलिकप्टरबाट खोजी गरिएपनि प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य हुन नसकेको प्रजिअ भण्डारीले बताका छन् । उनले स्थानीयहरु पनि खोजि कार्यमा जुटेको जानकारी गराए ।  प्रजिअ भण्डारीले हराएकाहरु फेदीको बीच जंगल आसपास हुन सक्ने बताएका छन्  ।

त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले  हिउमा फसेर सम्पर्क बिहिन भएका जापान तामाङ र उनका साथीलाइ खोजि उद्दार कार्य  गर्नका  लागि सम्बन्धित निकायहरुलाइ अनुरोध गरेका छन् । साथै उनले  निजहरुलाई कोहि कसैले देखे या भेटेमा ९८५१२३८६११मा खबर गर्न पनि अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।