गोकर्ण बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौं,माघ ४ । गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको आठौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत शनिबार पौष २६ गते गोकर्णेश्वर नगरपालिका स्थित ओसिस पार्टी प्यालेसमा उक्त संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,नेफ्स्कुनका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, नेपाल दलित बिद्यार्थी संघ केन्द्रीय अध्यक्ष युवा नेता राजु सुनार ,नेफ्स्कुन का केन्दीय संचालक सदस्य न्ह्युछे नारायण श्रेष्ठ मिलन सहकारी अभियन्ता तथा कास्कुन पुर्व कोषाध्यक्ष गोबिन्द काफ्ले,नेपाल कोअपरेटिभ एलाइन्सका जिल्ला सचिब सनोज भट्टराई,एन सी सी बैक का प्रतिनिधि सिला न्यौपाने ,श्रीधर अर्याल,गोकर्णेश्वर लाइट एकेडमीका प्रिन्सिपल सौर्य आचार्य , कान्ति बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बाल सुन्दर खड्का विभिन्न् सहकारी संस्थाका प्रतिनिधि गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलगायत संस्थाका सेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन कान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपाल बस्नेतले गरेका थिए ।राष्ट्रियगान संगै सुरु भएको कार्यक्रममा सहकारीका जन्म दाता F.W रेफ़िइसनको तस्बिरमा प्रमुख अतिथि लगायत बिशेष अतिथिहरुले माल्यार्पण सहित दिप प्रज्वलन गरि सुभारम्भ गरिएको थियो ।कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष हिमाल काफ्लेले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले आजको प्रतिस्पर्धात्मक युगमा परस्पर एक अर्काको सहयोग र सहभागिता बिना उन्नति सम्रिद्दी तर्फ अग्रसर हुन नसकिने बताउदै उन्नति तर्फ अग्रसर हुन् ,सामाजिक विकास गर्न र सामुहिक उत्थानको लागि सहकारीको माध्यम अति उत्तम प्रमाणित भैसकेको बताए ।
उनले सरकारले अर्थतन्त्रका तीन खम्बे नीतिमा समेत स्वीकार गरेको अवस्था रहेको बताउदै संस्थालाई यहाँ सम्म ल्याउन बिगतको संचालक समितिको योगदान बर्तमान संचालक समितिको कार्यक्रम र क्रियाकलाप एबम सबै सदस्यहरुको सक्रियताले मुख्य भूमिका खेलेको बताए। उनले संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने समेत बताए ।कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका संयोजक बसन्त थापाले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए भने संस्थाकी सचिब महेश्वरी अधिकारीले आर्थिक वर्ष ७६/७७ को बार्षिक अनुमानित बजेट प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, नेपाल दलित बिद्यार्थी संघ केन्द्रीय अध्यक्ष युवा नेता राजु सुनार ,नेफ्स्कुन का केन्दीय संचालक सदस्य न्ह्युछे नारायण श्रेष्ठ मिलन सहकारी अभियन्ता तथा कास्कुन पुर्व कोषाध्यक्ष गोबिन्द काफ्ले,नेपाल कोअपरेटिभ एलाइन्सका जिल्ला सचिब सनोज भट्टराई लगायतले शुभकामना मन्तब्य राख्दै निक्षेप र कर्जामा केन्द्रित भएर काम गर्ने हुनाले सहकारीको माध्यमबाट आर्थिक परिवर्तन हुने जानकारी दिँदै राज्यको क्षेत्रबाट सहकारीलाई ध्यान दिन अनुरोध गरेका थिए ।
सहकारीले सबै किसिमको नागरिकको क्षमता वृद्धिमा सहकारीले ठूलो भूमिका खेल्दै आएको बताउदै उद्यमी बन्न र बनाउन सहकारीले मुख्य भूमिका खेल्दै आएको पनि बताएका थिए।उनिहरुले सहकारीभित्र रहेका विकृति र विसंगतिहरुलाई निराकरण गर्नुपर्ने धारणा राख्दै संस्थालाई थप सफलताको शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा नेफ्स्कुन केन्द्रीय संचालक सदस्य न्हुच्छे नारायण श्रेष्ठ (मिलन)ले मिठो गीत गाएर मनोरंजन समेत प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै थप सफलताको शुभकामना ब्यक्त गरेका थिए। सहकारीले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने धारणा राखेका थिए। उनले गोकर्णेश्वर नगरपालिकालाइ समृद्द बनाउनको लागि सहकारीको बिशेष भूमिका रहेको बताएका थिए।बिदेशबाट आयात कम गराई नेपालका सहकारीहरु स्वयं उत्पादन कार्यमा जोडिन पर्ने बताउदै सहकारीहरुलाई उत्पादन र श्रमतिर जोडिई समूदाय र समाजको हितका लागि कार्य गर्न सुझाव दिएका थिए । सहकारी संस्थाले छोटो समयमै राम्रो प्रगती गरेको र यस क्षेत्रकै राम्रो सहकारी बन्ने तर्फ अगाडी बढिरहेको बताउदै सहकारीको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
उनले सहकारीहरुलाई व्यवस्थित बनाउने गरी नगरपालिकाले सहकारी ऐन बनाएर कार्य गरिरहेको उल्लेख गर्दै मापदण्ड बिपरित संचालित सहकारीहरु हटाइने पनि बताए ।संख्यात्मक हिसावले सहकारी धेरै छन् तर गुणस्तरिय सहकारी कम छन् उनले भने ।त्यसैले सहकारीको मर्म र भावना अनुसार सञ्चालनमा रहेका सहकारीलाई व्यवस्थित गर्न नगरपालिकाले पहल अघि बढाएको छ । उनले हरेक टोलमा सहकारी देखिन्छन्, भेटिन्छन् तर तीनको गुणस्तरिता माथि प्रश्न चिन्ह्र खडा हुँदै आएको छ । सहकारीको संख्यात्मक वृद्धि मात्रै उपलब्धी नहुने पनि बताए। उनले स्थानीय सरकारमार्फत सहकारी संस्थाको नियमन र प्रवद्र्धन हुने भएकोले सहकारी मूल्य, मान्यता र सिद्धान्त बमोजिम सहकारी संस्थाहरुको गुणस्तर विकास गर्न सकिने पनि बताए । नगरपालिकाले सहकारी मर्जको लागि पनि अघि बढ्ने बताए ।
उनले नगरपालिकाले उत्पादन संग जोडिएको बिषयमा सहकारी मार्फत तालिम पनि दिने बताउदै तालिममा सिकेको शिपलाइ व्यवहारमा उतार्नु पर्ने र व्यवसायीकरण गर्नु पर्ने पनि बताएका थिए ।उनले गोकर्णेश्वर नगरपालिकाले महिलाहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै माघ ४ गते बाट निशुल्क पाठेघर र स्तन क्यान्सर परिक्षण गर्न लागेको पनि जानकारी गराएका थिए उनले उक्त स्वाथ्य शिबिर बाट लाभ लिन पनि अनुरोध गरेका थिए ।
कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीहरु सुनिता भुजेल, अजिता ढकाल ,जुली लामा, सरस्वती ओझा,दुर्गा धिताल बिष्ट, ,रुपा चापागाई र दुर्गा गौतमलाइ नगर प्रमुख द्वारा सम्मान गरिएको थियो ।त्यसै गरि उत्कृष्ट बचतकर्ताहरु नवराज गौतम, मुकुन्द खड्की, लक्ष्मी श्रेष्ठ ,परशुराम सेढाई,लेख बहादुर रायमाझी,चनमाया श्रेष्ठ,भिम बहादुर कार्की,सुर्यलाल प्रजापति,मेनुका कटुवाल,प्रकाश बस्याल,सर्मिला तिमिल्सिना,रजनी खतिवडा,अनुप श्रेष्ठ र रेश्मा डंगोललाइ पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष रोशन बाबु श्रेष्ठले आर्थिक बर्ष २०७५/०७६ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सिमित साधन र स्रोतलाइ उचित उपयोग गर्दै संस्थको बिगतको तुलनामा सो भूभागको सहकारी क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । उनले सदस्यहरुको आवश्यकतालाइ सहजै पुरा गर्नको निम्ति विभिन्न् बचतका प्रकारहरु ल्याएर ऋण लगानी गर्न संस्था सफल भएको बताउदै यसै वर्ष सेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश घोषणा समेत गरेको जानकारी गराएका थिए ।
उनले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा सदस्य सेवा केन्द्रको स्थापना गर्न सफल भएको बताउदै संस्थाले साधारण बचत खाता, गोकर्ण बिशेष बचत, गोकर्ण नारी सम्मान बचत खाता, गोकर्ण ज्येष्ठ नागरिक बचत ,खुत्रुके बचत खाता, मासिक बचत महिला समूह बचत, जस्ता बचत योजना लागु गरेको त्यसै गरि महिला समूह कर्जा,सामुहिक जमानी कर्जा पनि दिदै आएको बताए ।
शेयर सदस्यहरुको हितलाई ध्यानमा राखेर सहकारीले कार्य गरिरहेको उल्लेख गर्दै सहकारीमा कार्यरत कर्मचारीहरुको क्षमता विकासमा पनि सहकारीले विशेष ध्यान दिएर कार्य गरिरहेको पनि बताए । उनले यसै आर्थिक वर्ष देखि दिर्घकालिन निक्षेप योजना संचालन गर्न लागिएको जानकारी गराए उनले संस्थामा कार्यरत कर्मचारीहरुलाई क्रमश स्थायी गर्ने प्रक्रिया अघि बढाइनेर संस्थाको आफ्नै भवन निर्माण गर्नको लागि यसै बर्ष उप समिति गठन गरि जग्गा खरिद गरिने पनि बताए ।उनले यसै वर्ष शेयर पुजीलाई १८,०००,००० पुर्याइने र निक्षेप योजनामा १५,०००,००० पुर्याई ऋण पनि सोहि अनुपातमा लगानी गरिने बताए उनले विप्रेषण सुबिधालाइ थप प्रभाबकारी बनाइने पनि बताए ।
उनले सस्थाको गरिमालाई उच्च बनाउन सहकार्य र सदभावका साथ लागि परेकोमा बचतकर्ता, सेयरधनी , ऋणदाताहरु , कर्मचारीहरु र ८औं साधारण सभामा उपस्थित सबैलाई धन्यबाद दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिहरु लगायतलाइ संस्थाको तर्फ बाट मायाको चिनो प्रदान गरिएको थियो ।